Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई तत्काल रिहा गर्न अदालतको आदेश


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख २९ २०८०
  • 1.7K
    SHARES

एजेन्सी । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानको नाटकीय गिरफ्तारीलाई गैरकानूनी भन्दै तत्काल रिहा गर्न आदेश दिएको छ । खानलाई बिहीबार सर्वोच्च अदालतमा उपस्थित गराउदा वकिलहरूले इस्लामावादको उच्च अदालत परिसरबाट उहाँको गिरफ्तारी गैरकानूनी भएको तर्क गरेका हुन् । खानको गिरफ्तारीपछि पाकिस्तानभर हिंसा भड्किंदा करिब १० जनाको मृत्यु भइसकेको छ ।

गत वर्षकाे अप्रिलमा संसदमा अविश्वासको प्रस्ताव ल्याएर पदबाट हटाइएका खानलाई पाकिस्तानका प्रधान न्यायाधीशको आदेशमा अदालतमा उपस्थित गराइएको थियो । खानले आफूलाई उच्च अदालत परिसरबाट अपहरण गरिएको र लाठीले प्रहार गरेको दावी गर्नुभएकाे छ ।

खानमाथि भ्रष्टाचार र पदीय दुरुपयोग लगायतका एक दर्जन बढी मुद्दा लगाइएको छ । अभियोग प्रमाणित भएको खण्डमा खान यही वर्षको अन्त्यमा हुने चुनाव लड्न अयोग्य हुनुहुने भएकाे छ । खानलाई जीवनभर राजनीति गर्न नपाउने गरी प्रतिबन्ध लगाउने षड्यन्त्र पनि भइरहेको उहाँको पार्टी पाकिस्तान तेहरिक ए इन्साफ (पिटिआई) ले जनाएको छ । पूर्वप्रधानमन्त्री खानसँगै उहाँको पार्टीका शीर्ष ७ जना नेताहरुलाई पनि प्रहरीले पक्राउ गरेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४