Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

खटाएको ठाउँमा नजाने कर्मचारीलाई मन्त्रालयले कारबाही गर्ने


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख २८ २०८०
  • 1.4K
    SHARES

काठमाडाैं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही गर्ने तयारी गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले मन्त्री स्तरीय निर्णय गर्दै प्रचलित कानून बमोजिम सरुवा, पदस्थापन, काजमा खटाइएका र काज फिर्ता गरिएका निकाय तथा कार्यालयमा रमाना भई जानुपर्नेमा अहिलेसम्म पनि रमाना नलिएको भन्दै कारबाही गर्ने तयारी गर्नुभएकाे हाे ।

कर्मचारीले रमाना नलिएका कारण सार्वजनिक सेवा प्रवाहमा प्रत्यक्ष असर परेको भन्दै मन्त्रालयले कर्मचारीलाई निजामती सेवा नियमावली, २०५० सालको नियम ४० बमोजिम रमाना दिएर पठाउन विभिन्न मन्त्रालय, आयोग, सचिवालय, कार्यालय र सबै प्रदेश तथा स्थानीय तहलाई परिपत्र गरेको छ ।

मन्त्रालयको परिपत्रमा सरुवा, पदस्थापन, काजमा खटाइएका र काज फिर्ता गरिएका कर्मचारीको सम्बन्धमा रमाना लिने अवधि गुज्रिए पश्चात साविकका निकाय र कार्यालयबाट उनीहरूको बिदा स्वीकृत नगर्न र नगराउने भनिएको छ ।

मन्त्रालयले गरेको निर्णय कार्यान्वयन नगर्ने, नगराउने विभागीय प्रमुख, कार्यालय प्रमुख र सम्बन्धित कर्मचारीलाई पनि विभागीय सजायसम्बन्धी कारबाही अघि बढाउने मन्त्रालयले निर्देशनात्मक चेतावनी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४