Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अब ट्वीटरबाटै भ्वाइस र भिडियो कल !


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख २८ २०८०
  • 1.8K
    SHARES

काठमाडौं । एलन मस्कले कम्पनी खरीद गरेसँगै ट्वीटरमा विभिन्न परिवर्तनहरु लगातार भैरहेका छन् । कतिपय परिवर्तनहरु प्रयोगकर्ताको तीव्र आलोचनाको शिकार बनिरहेका छन् ।

तर ट्वीटरमा गरिएका केही परिवर्तनप्रति भने प्रयोगकर्ताको सकारात्मक प्रतिक्रिया पनि आउने गरेको छ ।

यसैबीच ट्वीटरले पछिल्लो पटक प्रयोगकर्ताको वाहवाही पाउने खालको घोषणा गरेको छ । कम्पनीका अनुसार प्लाटफर्ममा केही बहुप्रतिक्षित फिचरहरु निकट भविष्यमै थप हुँदैछन् ।

ट्वीटरका अनुसार यसको डाइरेक्ट मेसेज अर्थात् डिएम फिचरमा अत्यन्तै आवश्यक ठानिएको परिवर्तन गरिँदैछ जस अन्तरगत डिएमभित्र डिएम रिप्लाइज फिचर थपिनेछ ।

यसबाट प्रयोगकर्ताले आफ्नो ट्वीटरमा कसैले पठाएको डाइरेक्ट मेसेजको जवाफ दिन सक्दछन् । यसले ट्वीटरमा हुने संवादलाई सरल तथा सहज बनाउनेछ ।

अहिले ट्वीटरको डिएममा कुनैपनि खास मेसेजलाई नै थिचेर त्यसको मात्र रिप्लाई दिन सकिने सुविधा छैन र सोलोडोलो डिएममै जवाफ लेख्नु पर्दछ ।

यसका साथै ट्वीटरको डिएममा इमोजी छान्ने नयाँ टुल पनि थपिएको छ । जसबाट प्रयोगकर्ताले डिएममा सहजै इमोजी छानेर पठाउन सक्दछन् ।

यस विषयमा ट्वीट मार्फत् जानकारी गराउँदै एलन मस्कले अब निकट भविष्यमै डिएममा हुने संवादहरु इनक्रिप्सन मार्फत् सुक्षित हुने पनि बताएका छन् । जसका कारण तेस्रो पक्षले ट्वीटरमा हुने संवाद हात पार्न सक्नेछैन ।

एलन मस्कले अर्को सबैभन्दा महत्वपूर्ण घोषणा पनि गरेका छन् । जस अनुसार अब ट्वीटरमा निकट भविष्यमै भ्वाइस तथा भिडियो कल पनि गर्न सकिनेछ । मस्कले भनेका छन्– यो फिचरसँगै अब मानिसहरुले आफ्नो फोन नम्बर नदिइकनै ट्वीटरबाटै विश्वको जुनसुकै ठाउँका अन्य व्यक्तिसँग कुराकानी गर्न सक्नेछन् ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४