Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

खाँणसँग नक्कली भुटानी शरणार्थी प्रकरणमा विषय केन्द्रित बयान लिँदै सरकारी वकिल


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख २८ २०८०
  • 1.2K
    SHARES

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको आजबाट बयान सुरु हुने भएको छ । सरकारी वकिलले आजबाट पूर्वमन्त्री खाँण पक्राउको विषयमा केन्द्रित भएर बयान लिन सुरु गर्ने भएको हो ।

उनीसँग बुधबार सामान्य सोधपुछ गरिएको थियो । ‘प्रहरीले किन पक्राउ गरेको हो ? अदालतले के-के निर्णय दियो ? लगायतको विषयमा सोधपुछ गरिएको छ,’ एक सरकारी वकिलले भने, ‘आजबाट पक्राउ पर्नुको कारण के हो र त्यसमा उनको संलग्नता के कस्तो हो ? भन्ने विषयमा केन्द्रित भएर बयान सुरु हुनेछ ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँणको संलग्नता र उनका सहयोगीहरूका बारेमा पनि सोधपुछ गरिने भएको हो । बुधवार बिहान ‘जरुरी पत्र’मार्फत पक्राउ परेका पूर्वगृहमन्त्री खाँणमाथि अनुसन्धान गर्नका लागि जिल्ला अदालत, काठमाडौँले चार दिनको समय दिइसकेको छ ।

अदालतले दिएको समयसीमाभित्र नै खाँणको बयान सक्ने तयारीमा सरकारी वकिलको कार्यालय रहेको छ । रातभर प्रहरी कस्टडीमा बिताएका खाँणसँग बिहान १० बजेपछि सरकारी वकिलले बयान लिन सुरु गर्ने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४