Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फ्रेन्च फ्राइ धेरै खाँदा क्यान्सर नै हुन्छ त ?


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ १ २०८०
  • 1.4K
    SHARES

काठमाडौं । फ्रेन्च फ्राइ अहिले धेरैले रचाउने आलुको परिकारमध्ये पर्छ । होटल, रेस्टुरेन्ट होस् वा घरमा, यो स्न्याक्सको रुपमा रोजाइमा पर्छ । अझ बच्चाको लागि त यो प्रिय परिकार नै बनेको छ ।

तर पछिल्ला केही अन्तर्राष्ट्रिय अध्ययनले फ्रेन्च फ्राइ अत्यधिक खाने बानीले क्यान्सरको जोखिम बढ्ने देखाएको छ । तेलबाट डिप फ्राइ क्यान्सर गराउने तत्व निस्कन्छन्, जसले क्यान्सरको जोखिम बढ्ने अध्ययनहरुमा देखिएको छ ।

सन् २०१६ मा भएको अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए)को अध्ययनले धेरैजसो फ्रेन्च फ्राइ खाने व्यक्तिमा क्यान्सरको जोखिम हुने पुष्टि गरेको थियो । त्यसपछि पनि यससम्बन्धी थुप्रै अध्ययनले उच्च तापक्रममा फ्रेन्च फ्राइ पकाउँदा हानिकारक तत्व निस्कने गर्छ, जुन क्यान्सरको जोखिमको लागि जिम्मेवार मानिएको छ ।

  • फ्रेन्च फ्राइले क्यान्सर नै गराउँछ त ?

क्यान्सररोग विशेषज्ञ भन्छन्, ‘नेपालमा यस्ता अध्ययन र अनुसन्धान खासै हुँदैन । हामीले पनि वैज्ञानिक तथ्यलाई नै आधार मान्ने हो । सो तथ्यले भनेजस्तै फ्रेन्च फ्राइ खाने बित्तिकै भन्दा पनि अत्यधिक खाँदा त्यसमा पाइने तत्वले क्यान्सर गराउन सक्छ भन्ने कुरालाई नकार्न सकिंदैन ।

उनका अनुसार उच्च तापक्रममा डिप फ्राइ हुँदा आलुमा पाइने पोषक तत्व नष्ट भएर बनेका चीजमा केही मात्रामा आँखाले देख्न नसकिने तर स्वास्थ्यलाई हानि गर्ने फ्री र्‍याडिकल, कार्बन र एलिक्रामाइड जस्ता रसायन निस्कन्छ । लामो समयसम्म पकाउँदा यी रसायनको मात्रा पनि बढ्छ ।

‘कार्बोहाइड्रेटयुक्त खानेकुरालाई उच्च तापक्रममा पकाउँदा त्यसमा एक्रिलामाइड नामक अणु विकास हुने अध्ययनले पुष्टि गरेका छन् । यी अणु शरीरको कोषले सोस्ने गर्छ । यस्ता पदार्थले कोषको डीएनएलाई ड्यामेज गर्न सक्छ,’ डा. चालिसे भन्छन्, ‘कोष क्षति हुँदै बिस्तारै स्वतः बन्ने र बिग्रिने हुन सक्छ । तर हजारौं कोषमध्ये कहीं न कहीं त्रुटि भएर क्यान्सर हुने सम्भावना हुन्छन् । त्यसमा पनि जुन कोष छिटो छिटो बढ्छन्, त्यहाँ क्यान्सर हुने सम्भावना हुन्छ ।’

  • “अत्यधिक खानु विष नै हो”

शरीरको मागभन्दा बढी जुनसुकै खानेकुरा खानु पनि विषबराबर हुने डा. चालिसे बताउँछन् । ‘हरेक खानेकुरा अत्यधिक खानु विष हो । जाँड रक्सी, चुरोट नखाने तर तेलमा मज्जाले तारेर पकाएको फ्रेन्च फ्राइ अत्यधिक खाँदा पहिला नै अनेक स्वास्थ्य समस्या देखाइसकेको हुन्छ,’ उनी भन्छन्, ‘क्यान्सर गराउनुअघि नै धेरै समस्या देखिसकेका हुन्छन् । मोटोपन बढाउने, ग्यास्ट्रिक गराउने, बिस्तारै आन्द्रामा घाउ बनाउने, घाउ बढ्दै गएसँगै ध्यान नदिंदा आन्द्राको क्यान्सर पनि हुन सक्छ ।’

यद्यपि, विदेशमा जस्तो फ्रेन्च फ्राइ खाने नेपालमा उति चलन छैन । त्यसैले यो खानेबित्तिकै क्यान्सर हुन्छ भन्नु चाहिं गलत हुने डा. चालिसे बताउँछन् । तर पनि क्यान्सर गराउने सम्भावित कारणमा फ्रेन्च फ्राइ जस्ता तारेको खानेकुरा पर्ने उनको तर्क छ । पोषणविद् अनुश्री आचार्य फ्रेन्च फ्राइ बढी खाएमा क्यान्सर हुन्छ भन्नेमा अनुसन्धान भइरहेको बताउँछिन् । तर खानाको सट्टा फ्रेन्च फ्राइ नै खाने चलन नेपालमा नभएकाले विदेशमा गरिएको अध्ययनकै आधारमा डराउनु नपर्ने उनी बताउँछिन् ।

‘विदेशमा जस्तो नेपालमा बिहान बेलुकै फ्रेन्च फ्राइ खाइँदैन । कहिलेकाहीं खाँदा क्यान्सरकै जोखिम हुन्छ भन्ने अवस्था छैन,’ उनले भनिन्, ‘नेपालमा क्यान्सरका केसहरुमा यही कारणले हो भन्ने निर्क्यौल गर्ने अवस्था पनि छैन ।’ चुरोट अत्यधिक सेवनले क्यान्सरको जोखिम गराउँछ भनेजस्तै तारेको आलु बढी मात्रामा खाँदा क्यान्सरको सम्भावना बढाउन सक्ला भन्न सकिन्छ । आचार्य भन्छिन्, ‘तर यसले नै क्यान्सर गराउँछ भनेर किटान गर्न मिल्दैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४