Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बुधबार विराटनगरमा सम्मान गरिने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख २६ २०८०
  • 1.8K
    SHARES

काठमाडौं । उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुलाई सम्मान गर्ने भएको छ।

भर्खरै सम्पन्न एसिसि प्रिमीयर कपमा राष्ट्रिय टिमले ऐतिहासिक जित निकाल्दै एशिया कपमा क्वालीफाई गरी भारत, पाकिस्तान जस्ता विश्व क्रिकेटमा वर्चस्व कायम गर्न सफल टेस्ट क्रिकेट खेल्ने राष्ट्रसंग खेल्ने अवसर प्राप्त गरी राष्ट्रिय गौरव उचो वनाएको खुशियालीमा खेलाडीको सम्मान गर्न लागेको हो।

सम्मानसंगै खेलाडीहरुको नगर परिक्रमा गराईने कार्यक्रम रहेको छ । वुधवार कन्चनवारी एयरपोर्ट मोडबाट–बरगाछी–तीनपैनि–मेनरोड, ट्राफिक चोक हुदै रोडशेष चोकसम्म र त्यहाबाट पुनः महेन्द्र चोक हुदै बरगाछीसम्म परिक्रमा गर्ने गरी रुट तय गरिएको उद्योग संगठन मोरङ कार्यसमिति सदस्य एवं पूर्व क्रिकेट खेलाडी पारस लुनियाले वताए।

विराटनगरका तिन ब्यवसायी संस्थाहरु नेपाल उद्याग वाणिज्य महासंघ, उद्योग संगठन मोरङ र मोरङ ब्यापार संघले राष्ट्रिय टिमका खेलाडी तथा अफिसियललाई संयूक्त रुपमा सम्मान गर्न लागेको हो।

नेपाल राष्ट्रिय टिमका ट्रेनर अब्दुल सतारको स्वास्थ्य उपचारमा सहयोगार्थ तीनवटा संस्थाका तर्फबाट आर्थिक सहयोग गर्ने कार्यक्रम समेत रहेको लुनियाले वताए।

एसिसि कपको छनौट चरणका सबै खेलमा उत्कृष्ट प्रदर्शन गरी क्रिकेट खेलका माध्यमबाट अन्तराष्ट्रिय क्षेत्रमा देशको शिर उचो पार्न सफल खेलाडीको सम्मानमा सबैको साथ र सहयोग हुनु पर्नेमा आयोजकले जोड दिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४