Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमालेले ३ वटा संसदीय समितिको सभापति पाउने सहमति भंग


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख १७ २०८०
  • 1.2K
    SHARES

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपवा एमालेलाई तीन वटा संसदीय सहमतिको सभापति दिने सहमति भंग भएको सत्तारुढ नेताहरुले बताएका छन् ।

११ वैशाखमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुबीच संसदीय सहमतिको नेतृत्व भागवण्डामा सहमति जुटेको थियो । प्रतिनिधिसभाको १० विषयगत समितिमध्ये सार्वजनिक लेखा र अर्थ समितिको सभापति एमालेले लिने सहमति थियो । दुई संयुक्त समितिमध्ये राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापति पनि एमालेलाई दिन सत्तारुढ दलहरु सहमत भएका थिए ।

साथसाथै, संवैधानिक परिषदसम्बन्धी विधेयक सदनमै छलफल गरेर पारित गर्ने र संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अगाडि बढाउन विशेष समिति बनाउने र सहमति शीर्ष नेताहरुबीच भएको थियो । सहमतिअनुसार संसद सचिवालयले १२ गतेको संसदको बैठकको कार्यसूची पनि बनाएको थियो ।

तर त्यसदिन संसद बैठक अघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेले संवैधानिक परिषदसम्बन्धी विधेयकको विषयवस्तुमाथि आफ्नो पार्टीको फरक मत राख्यो भने विशेष समिति बनाउन पनि तयार भएन ।

शुक्रबार हिउँदे अधिवेशन सकियो । एमालेले नै ११ वैशाखको सहमति भंग गरेकाले अब तीन वटा समितिको सभापति दिन नसकिने सत्तारुढ दलका नेताहरु बताउँछन् ।

कांग्रेससांसद इश्वरी देवी न्यौपाने भन्छिन्, ‘संसदीय समितिको नेतृत्वदेखि बिभिन्न विधेयक अगाडि बढाउने प्रक्रिया र संयुक्त समितिमा रहने सदस्य संख्या समेतमा एकमुष्ट सहमति भएको थियो । त्यो सहमतिबाट एमाले नै पछि हटेको छ । अब सबै विषयमा नयाँ शिराबाट छलफल हुन्छ ।

माओवादी केन्द्रका सांसद माधव सापकोटा पनि एमालेले नै सहमति भंग गरेको बताउँछन् । ‘पूर्वसहमतिबाट एमाले ब्याक भएपछि संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका लागि विशेष समिति बन्न सकेन । संवैधानिक परिषदसम्बन्धी विधेयक पनि पास हुन सकेन’ सापकोटा भन्छन, ‘फेरि पनि एमालेसँग छलफल गरेर अगाडि बढ्ने सरकारको योजना छ । एमालेसँग फेरि छलफल हुन्छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषदसम्बन्धी विधेयक १२ फागुनमा प्रतिनिधिसभामा दर्ता गरेका थिए । न्यायालय १४ महिनादेखि नेतृत्वबिहीन छ, र विधेयक संसदमा अड्किँदा प्रधानन्यायाधीश नियुक्ति हुन सकेको छैन ।

‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक’ पनि सरकारले २५ फागुनमा संसदमा दर्ता गरेको थियो । सत्तारुढ दलहरुले यो विधेयक संसदमै छलफल गरेर पास गर्न खोजेका थिए, एमालेले असहमित जनाएपछि विशेष समिति गठन गर्ने सहमति भएको थियो । तर संसदको हिउँदे अधिवेशनको अन्त्य भएको दिन वैशाख १५ गते यो सहितका विधेयकहरुलाई संसदीय विषयगत समितिमा पठाइएको छ ।

सरकार र सत्ता गठबन्धनले सहमतिकै आधारमा संदन संचालन गर्ने नीति लिएपनि एमाले त्यसरी अगाडि बढ्न नचाहेको जस्तो देखिएको सत्तारुढ दलका नेताहरुको टिप्पणी छ । कांग्रेसकी सांसद न्यौपाने भन्छिन्, ‘शीष नेताहरुबीच भएको सहमति समग्रमै पालना हुनुपर्ने हो । तर एमालेले सहमति भंग गर्‍यो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४