Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख १७ २०८०
  • 1.6K
    SHARES

आजको पञ्चाङ्ग र राशिफल
वि.सं.२०८० वैशाख १७ गते, आइतवार,ई.सं. ३० अप्रिल २०२३। वैशाख शुक्लपक्ष दशमी तिथि, १९ः३२ बजेदेखि एकादशी। मघा नक्षत्र, १४ः५४ बजेदेखि पूर्वफाल्गुनी। चन्द्रराशि– सिंह।

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा व्यावहारिक समस्या आउन सक्छ। स्वास्थ्यका कारण समयमा काम गर्न नसकिने हुँदा योजना अधुरै रहनेछ। आफ्ना कमजाेरीकाे फाइदा अरूले उठाउने चेष्टा गर्लान्। आश्वासन दिनेहरूले पनि झुक्याउन सक्छन्। फजुल खर्च बढ्नेछ। शत्रु र प्रतिस्पर्धीबाट सजग रहनुहाेला। शुभचिन्तकहरूकाे साथ जुटाउने प्रयास गर्नुहाेला।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
हतारको निर्णयले काम रोकिन सक्छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्ला। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। दिगो योजनामा अघि बढ्दा लाभ मिल्नेछ। शुभचिन्तकहरूको सहयोग जुट्नेछ भने अप्ठ्यारो स्थितिमा सुधार आउनेछ। मिहिनेतले आँटेको काम बन्नेछ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
दाजुभाइमा असमझदारी बढ्न सक्छ। जिम्मेवारी थपिए पनि सहयोगीहरू पछि हट्नाले दु:ख पाइनेछ। ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। व्यवसायमा सामान्य लाभ हुनेछ तर साेचेको दाम भने नउठ्न सक्छ। आफ्नाे लाभांशमाथि अरूले दाबी गर्न सक्छन्। प्रतिस्पर्धीलाई कमजोर नठान्नुहोला। मिहिनेतले काम बनाउन सकिनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मिहिनेतले मानसम्मान दिलाउनेछ। अध्ययनमा प्रगति हुनुका साथै बौद्धिक क्षमतामा निखारता आउनेछ। बुद्धिको उपयोगले विद्या, धन आर्जन हुनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। व्यापार–व्यवसायमा प्रशस्त लाभ हुनेछ।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
कामना पूर्ण हुनेछ र स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ कामतर्फ विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा फाइदा हुनेछ। विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूकाे साथले रोकिएका काम बन्नेछन्।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
बेसुरमा खर्च गर्ने बानीले समस्या निम्त्याउनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ। आर्थिक समस्या सुल्झाउन कर्जा लिनुपर्ला। सरसापटमा गएको रकम भने फिर्ता हुनेछ। केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। दिगो काम प्रारम्भ गर्न समयले साथ दिनेछ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी बढ्न सक्छ। विशेष भेटघाटले काममा उत्साह बढाउला। अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक वा पदीय दायित्व हातलागी हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ भने प्रतीक्षा गरिएको लाभांश पनि प्राप्त हुनेछ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
अवसर प्राप्त भए पनि बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ। मिहिनेत गर्दा काम प्रारम्भ हुनेछ। तर प्रशस्त दाम भने हातलागी नहुन सक्छ। सहयोगीबाट गोपनीयता बाहिरिन सक्छ। मिहिनेतले व्यावसायिक चुनौती पन्छाउन सकिनेछ। तत्काल लक्ष्य प्राप्त नभए पनि दीर्घकालीन योजना बन्नेछ। स्वार्थका लागि नजिकिनेहरूबाट सजग रहनुहोला।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मिहिनेत परे पनि कामकाे जग बसाउने अवसर प्राप्त हुनेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। पहिले प्रतिस्पर्धा गर्नेहरू स्वत: पछि हट्नेछन्। धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। रोकिएको कामले पनि निकास पाउनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
खानपानको असावधानीले स्वास्थ्यलाई हानि गर्न सक्छ। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। गोपनीयता बाहिरिनाले समस्या आइपर्ला। आम्दानी रोकिनाले केही योजना पनि राेकिन सक्छन्। पहिलेका समस्या दोहोरिनाले अलमल बढ्नेछ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। कामको चाप पनि बढ्न सक्छ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
स्वादिष्ट खानपान र मनोरञ्जनको आनन्द प्राप्त हुनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। व्यापार बढ्नेछ र व्यवसायमा मनग्य लाभ हुनेछ। आम्दानी बढ्ने काम प्रारम्भ हुनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताकाे बन्धन कसिलाे हुनेछ। व्यवसायको सन्दर्भमा यात्राको अवसर पनि जुट्नेछ। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सकिनेछ।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
पपुरुषार्थी काम गर्दै नाम, दाम र इनाम हासिल गर्न सफल भइनेछ। पहिलेकाे सफलताले हिम्मत दिलाउनेछ। दिगो काम थालनी गर्ने समय छ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। भौतिक साधन जुट्नाले नयाँ काम कामतर्फ आकर्षित भइनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४