Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालले कुवेतको सामना गर्दै अर्को सेमिफाइनलमा ओमान र यूएई भिड्ने


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख १६ २०८०
  • 1.5K
    SHARES

काठमाडौं । एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा शनिबार नेपालले कुवेतसँग खेल्दैछ ।

समूह ए को विजेता नेपाल र समूह बी को उपजिजेता कुवेत पहिलो सेमिफाइनल खेलमा भिड्न लागेका हुन् । नेपाल र कुवेतबीचको खेल बिहान ९ बजे कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुनेछ ।

नेपाल र कुवेतबीच अहिलेसम्म तीन खेल भएको छ । जसमा नेपालले दुई तथा कुवेतले एक जित हात पारेको छ ।

यो खेल जित्दै फाइनल यात्रा तय गर्ने दुबै टिमको तयारी हुनेछ । तर, पछिल्लो समय राम्रो लयमा रहेको नेपालविरुद्ध जित निकाल्न कुवेतलाई सहज भने हुने छैन् ।

ब्याटिङमा समस्या झेल्दै आएको नेपाल नयाँ प्रशिक्षक मोन्टी देशाईको आगमनसँगै उत्कृष्ट ब्याटिङ गर्दै आएको छ । कुवेतमाथि जित निकाल्दै एशिया कपमा भारत र पाकिस्तानसँग खेल्ने योजनामा हुनेछ ।

शबार नै हुने अर्को सेमिफाइनलमा ओमान र यूएई खेल्नेछन् । यी दुई टिमको खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ । ओमान समूह एको उपविजेता हो भने यूएई समूह बीको विजेता बनेको थियो । यो खेल पनि बिहान ९ बजेदेखि सुरू हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४