Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रतिनिधिसभा बैठक : चार सांसदको विदा स्वीकृत, कोइरीको विदा स्वीकृत भएन


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख १५ २०८०
  • 4.4K
    SHARES

काठमाडौँ । प्रतिनिधिसभा सांसदहरु मनोरमा शेरचन, बीनाकुमारी थनेत, चन्द्रकान्त भण्डारी र वर्षमान पुनको बिदा सभाबाट स्वीकृत भएको छ । शुक्रबार राति बसेको प्रतिनिधिसभा दोश्रो बैठकले चार सांसदको विदा स्वीकृत गरेको हो ।

सभामा नेकपा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरीको विदा भने स्वीकृत भएन । उनको बारेमा सभामा विभिन्न विषय उठेकाले यसबारे प्रतिनिधिसभाको आगामी अधिवेशनमा कानुन बमोजिम हुने बताइएको छ । 

दिउँसो बसेको संसद बैठकमा हत्या आरोप लागेर फरार रहेका सांसद कोइरीको विषयलाई लिएर विवाद भएको थियो । बैठकको अन्त्यमा सभामुख देवराज घिमिरेले यो अधिवेशनभर संसद्मा अनुपस्थित भएका सांसदहरूको नाम सुनाएका थिए । नेकपा एमाले सांसद कोइरी बिरामी रहेका कारण बैठकमा उपस्थित नभएको सूचना सुनाएपछि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा लगायतका सांसदहरुले विरोध जनाएका थिए ।

सांसद खतिवडाले विरोध जनाएसँगै नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलका सांसदहरू उठेर विरोध गरेका थिए । सभामुखले फरार सांसद कोइरीको बारेमा बिरामी विदा लिएको विषय संसद्को रेकर्डबाट हटाउनुपर्ने माग समेत सांसदहरुले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४