Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कपन घटनाको अनुसन्धान गर्न एआईजीको नेतृत्वको ११ सदस्यीय समिति गठन


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख १५ २०८०
  • 1.7K
    SHARES

काठमाडौँ । राजधानीको कपनमा भएको घटनाको अनुसन्धान गर्न प्रहरीले ११ सदस्यीय अनुसन्धान समिति गठन गरेको छ । प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरोकी एआईजी किरण बज्राचार्यको नेतृत्वमा ११ सदस्यीय अनुसन्धान समिति गठन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  समितिमा जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्की, उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा. मनोज केसी, ब्युरोकै एसएसपी दिनेश आचार्य, डीएसपी धर्मराज भण्डारी, प्रहरी वृत्त बौद्धका डीएसपी हरि बस्नेतलगायत छन् । 

कपनमा भाँडा पसल सञ्चालन गर्ने निरा पाण्डे आचार्यको हत्या रहस्य बन्दै गएपछि प्रहरीले गम्भीरता देखाउँदै उच्चस्तरीय अनुसन्धान समिति बनाएको हो ।  वैशाख ७ मा दिउँसो कपनस्थित सरस्वती नगरमा भाँडा पसलको काउन्टरमा उनी मृत भेटिएकी थिइन् । घटना भएको ९ दिनसम्म पनि प्रहरीले आरोपीको पहिचान गर्न सकेको छैन । यो घटनालाई लिएर नेकपा एमालेसहितका दलहरुले समेत गम्भीर चासो राख्दै सत्यतथ्य पत्ता लगाउन प्रहरी र सरकारमाथि दवाव बढाउँदै आएको छ । 

घटनाको अनुसन्धानमा यसअघि नै पनि केन्द्रीय अनुसन्धान ब्युरोले आफ्नो टिम परिचालन गरिसकेको छ ।   ३५ वर्षीया निराको शरीरको २० ठाउँमा चक्कुको डोब देखिएको छ । बाहिरबाट पसलमा प्रवेश गरेर दोस्रो व्यक्तिले उनको हत्या गरेको प्रहरीको निष्कर्ष छ ।  निराले सञ्चालन गरेको पसलभन्दा ३ सय मिटर पर उनका पति योगेन्द्र आचार्यले  इलेक्ट्रिक सामग्री पसल चलाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४