Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पूर्व राजाद्वारा एमाले अध्यक्ष ओलीलाई आस्था र मर्यादामा आँच नपुर्‍याउन आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख १५ २०८०
  • 2.7K
    SHARES

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको सचिवालयले आस्था र मर्यादामा आँच नपुर्‍याउन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेको छ ।

शुक्रबार पूर्व राजा शाहको संवाद सचिवालयद्वारा जारी सूचनामा निराधार र कपोकल्पित भ्रमजालबाट मुक्त रहन तथा आस्था र मर्यादामा आँच नपुर्‍याउन आग्रह गरिएको हो ।

नेकपा एमाले अध्यक्ष ओलीले बिहीबार इलाममा आयोजित एक कार्यक्रममा झापामा आफूमाथि आक्रमण हुँदा हिमानी शाहले जनताले ढुंगा हानेको भनेर ट्वीट गरेको दाबी गर्नुभएको थियो । तर पूर्व राजाको सचिवालयले पूर्व राज परिवारबाट कुनै पनि सामाजिक सञ्जाल संचालन नभएको जनाएको छ ।

पूर्व राजपरिवारले कुनै पनि सामाजिक सञ्जाल संचालन नगरेको बारे यस अघि सचिवालयले २०७८ मंसिर २३ गते नै पनि स्पष्ट गरिसकेको पनि सूचनामा उल्लेख छ । ओलीले बिहिबार पूर्वराजालाई लक्षित गर्दै पुरानो हिसाव किताब धेरै रहेको तर आफूहरुले त्यसै छोडेको भन्दै आलोचना गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४