Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेकपा एमालेका नेता खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकार ढलेपछि


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख १५ २०८०
  • 2.5K
    SHARES

काठमाडौँ । नयाँ सरकार बनाउनका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुको बैठक शुरु हुदैछ । अहिले दिउंसो २ बजेका लागि निर्धारित संसदीय दलको बैठकमा सांसदहरु पुग्ने क्रम शुरु भएको छ।

संसदीय दलको बैठक बस्न लागेको र बैठक लगत्तै गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङको निवास सिमलचौरमा पुगेर नया सरकार गठनका लागि सांसदहरुको हस्ताक्षर सहित आवेदन गर्ने कार्यक्रम रहेको छ ।

गण्डकी प्रदेशमा माओवादी र कांग्रेसका बहुमत सांसदको हस्ताक्षर सहित कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेलाई मुख्य मन्त्री नियुक्तिको दावा सहित आवेदन गरेपछि प्रदेश प्रमुख गुरुडंले बिहिवार नै नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेलाई मुख्य मन्त्री नियुक्त गर्ने बुझिएको छ ।

मुख्य मन्त्री पाण्डेको पदबहाली भने शुक्रवार अपरान्ह मात्र हुने बताईन्छ ।

मुख्य मन्त्री नियुक्त भए लगत्तै पाण्डेले मन्त्री परिषदलाई पुर्णता दिने किसिमले तयारी शुरु गरेका छन ।

मन्त्रिमण्डलमा वर्तमान राजनीतिक अवस्थालाई बुझेर काम गर्न सक्ने व्यक्तिलाई मन्त्री बनाउने सोचमा पाण्डे रहेका छन । नागरिकको समस्या समाधान गर्न सक्ने वा उनिहरुको आवाज़ सम्बोधन गर्न सक्ने र प्रदेश सरकारले गर्ने कामको राम्रो सन्देश जनतामा पुर्याउन सक्ने पात्र चयन गर्नुपर्ने खाँचों रहेपनि भूगोल, लिंग, जातजाती र पार्टी भित्रको आन्तरिक गुट मिलाउनु पर्ने भएकोले को को लाई मन्त्री बनाउने भन्ने विषय चुनौतीपूर्ण बनेको छ ।

को हुन, सुरेन्द्रराज पाण्डे ?

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं नेपाली कांग्रेस गण्डकी प्रदेश संसदिय दलका नेता हुन ।पाण्डेको लोकतान्त्रीक आन्दोलनमा निरन्तर योगदान रहंदै आएको छ ।

पिता कृष्णराज र आमा योगेन्द्रकुमारीको कोखबाट २०२१ भदौ ९ गते जन्मिएका पाण्डे विद्यार्थीकालदेखि नेपाली कांग्रेसको भातृसंस्था नेविसंघमा आवद्ध थिए ।
२०३७ सालमा अमरज्योती जनता मावि बाट एसएलसी, त्रिभुवन बिश्व बिद्यालबाट स्नातक गरेका पाण्डे सालिन, इमान्दार, प्रखर बक्ता र नतिजामा बिश्वास गर्ने नेताको रुप परिचित छन ।

राजनितिक संघर्षका क्रममा २०४५ साल, शाही शासन २०६१ सालमा गरी आठ महिना भन्दा बढी समय जेल जिवन बिताएका पाण्डे पटक पटक लोकतान्त्रीक आन्दोलनको क्रममा हिरासत समेत परे ।

२०३६ सालमा ने वि संघको सदस्यता लिएर विद्यार्थी आन्दोलनमा होमिएका पाण्डे २०३९ सालमा नेबिसघ अस्कल इकाइ सचिब हुँदै २०४५सालमा त्रिचन्द्र क्याम्पस का स्ववियु सभापती निर्वाचित भए ।

२०४९मा ने वि संघको केन्द्रीय सदस्य समेत भएका पाण्डे २०५९ मा नेपाल तरुण दलको महासचिव बने ।
हाल तेस्रो पटक नेपाली कांग्रेस का केन्द्रिय सद्स्य बनेका पाण्डे २०७४ साल मा राष्ट्रिय सभामा सांसद रही नेपाली कांग्रेसको तर्फ बाट प्रमुख प्रतिपक्ष दल को नेता बने ।

राष्ट्रिय सभामा रहदा प्रतिपक्ष दलका नेताको बलियो र प्रभावशाली भुमिका निर्वाह गरेका उनको कामको पार्टी भित्र र बाहिर पनि प्रशंसा भएको थियो ।

गोरखा क्षेत्र नम्बर २ मा संघिय क्षेत्रमा एकल सिफारिस भएका पाण्डे कांग्रेस र माओवादीको चुनावी तालमेल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा आउने भएपछि मुख्यमन्त्री बनाउने शिर्ष नेताको योजनामै गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा २ मा चुनाव लडेका थिए ।

गोरखामा उनी बिवाद रहित, सबैलाई समान ब्यवाहार गर्ने, कार्यकर्तासँगै जनताको पनि कुरा सुन्ने, जिल्लाको बिकास निर्माण, योजनाका बारेमा केन्द्रिय स्तरमा दाबाब दिने, बिकास र समृद्धीमा राजनीतिक प्रतिसोधन नराख्ने, अन्य राजनीतिक दलका नेतासँग पनि समाभाव कायम गर्न सक्ने प्रभावशाली नेताका रुपमा परिचित छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४