Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

को हुन् गण्डकीका नवनियुक्त मुख्यमन्त्री पाण्डे ?


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख १४ २०८०
  • 1.3K
    SHARES

काठमाडौँ । गण्डकीका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे विद्यार्थी राजनीतिबाट उदाएका हुन् । २०२१ भदौ ९ गते जन्मिएका पाण्डे विद्यार्थीकलादेखि नेपाली कांग्रेसको भातृसंस्था नेविसंघमा आबद्ध थिए । २०३७ सालमा अमरज्योती जनता मावि गोरखाबाट एसएलसी उत्तीर्ण गरेका पाण्डेले त्रिभुवन बिश्वबिद्यालबाट स्नातक गरेका छन् ।

२०३६ सालमा नेवि संघको सदस्यता लिएर विद्यार्थी आन्दोलनमा प्रवेश गरेका हुन् । उनी २०३९ सालमा नेबिसघ अस्कल इकाइ सचिव हुँदै २०४५ सालमा त्रिचन्द्र क्याम्पसको स्ववियु सभापति निर्वाचित भए ।

२०४९ मा नेवि संघको केन्द्रीय सदस्य समेत भएका पाण्डे २०५९ मा नेपाल तरुण दलको महासचिव बने । हाल तेस्रो पटक नेपाली कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित उनीसँग २०७४ साल मा राष्ट्रिय सभामा सांसद रही नेपाली कांग्रेसको तर्फ बाट प्रमुख प्रतिपक्ष दलको नेता बनेर काम गरेको अनुभव छ ।

२०८९ मंसिर ४ गतेको निर्वाचनबाट उनी गोरखा २ (ख) मा गठबन्धनको उम्मेदवार बनेर जितेका हुन् । राजनीतिक संघर्षका क्रममा २०४५ साल, शाही शासन २०६१ सालमा गरी झण्डै ८ महिना भन्दा बढी समय जेल जीवन बिताएका छन् ।

पाण्डे गोरखा क्षेत्र नम्बर २ मा संघीय क्षेत्रमा एकल सिफारिस भएका पाण्डे कांग्रेस र माओवादीको चुनावी तालमेल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा आउने भएपछि मुख्यमन्त्री बन्ने योजना सहित प्रदेशमा उठेका हुन् । पाण्डे हाल कांग्रेस गण्डकीको संसदीय दलको नेता हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४