Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तनहुँ-१ मा १२ वडाको मतगणना बाँकी रहँदा स्वर्णिम वाग्लेलाई ५१ प्रतिशत मत


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख ११ २०८०
  • 1.3K
    SHARES

काठमाडौं । ३० वडाको ४३ हजार ७१ मत गनिसक्दा स्वर्णिमले ल्याए २२ हजार २६० मत तनहुँ-१ मा १२ वटामात्रै वडाको मतगणना बाँकी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले मतान्तर बढाउँदै लगेका छन्।

सोमबार साँझ ७ बजेसम्म ३० वडाको मतगणना सकिँदा वाग्ले कांग्रेस उम्मेदवार गोविन्द भट्टराईभन्दा ९ हजार ३४९ मतान्तरले अगाडि छन्।

तीस वडाका ४३ हजार ७१ मतगणना हुँदा वाग्लेले २२ हजार २६० मत ल्याएका छन्। हालसम्म गनिएको मतका आधारमा वाग्लेले प्राप्त गरेको मत ५१.६८ प्रतिशत हो।

यहाँ कांग्रेसका गोविन्द भट्टराईले १२ हजार ९११ मत ल्याएका छन्। गणना भएको मतमध्ये उनले २९.९७ प्रतिशत मत ल्याएका छन्।

एमालेका उम्मेदवार स्वर्णिम वाग्लेले कुल गणना भएको मतको १५.३० प्रतिशत अर्थात् ६ हजार ५९३ मत ल्याएका छन्।

कुन वडामा कसले कति मत पाए?

आबुखैरेनी-१ मा एक हजार चार सय ५८ मत खसेकामा रास्वपाका वाग्लेले एक हजार ६५, कांग्रेसका भट्टराईले दुई सय ६५ र एमालेका खनालले ५४ मत पाएका छन्।

आँबुखैरेनी–२ मा एक हजार तीन सय ९२ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ८१, कांग्रेसका भट्टराईले तीन सय ३६ र एमालेका खनालले एक सय आठ मत पाएका छन्।

आँबुखैरेनी-३ को २१७३ मतमध्ये वाग्ले एक्लैले १५१५ मत पाएका छन् भने भट्टराईले ४०१ र खनालले १९१ मत ल्याएका छन्।

आँबुखैरेनी-४ को ६९४ मतमध्ये वाग्लेले ३३२, भट्टराईले २३७ र खनालले ८५ मत पाएका छन्।

आँबुखैरेनी-५ मा ५७० मतमध्ये वाग्लेले ३७१, भट्टराईले १४९ र खनालले २८ मत पाएका छन्।

आँबुखैरेनी-६ को ७०४ मतमध्ये वाग्लेले २८१, भट्टराईले २५९ र खनालले १३० मत पाएका छन्।

भानु-१ को १६७६ मतमध्ये स्वर्णिम वाग्लेले १०४४, गोविन्द भट्टराई ३८९ मत पाए र सर्वेन्द्र खनालले १७५ मत पाए।

भानु-२ को १४१४ मतमध्ये स्वर्णिम वाग्लेले ८२३, गोविन्द भट्टराई ३८९ र सर्वेन्द्र खनालले १६३ मत पाए।

भानु–३ मा एक हजार पाँच सय ७४ मत खसेकामा रास्वपाका वाग्लेले सात सय १६, कांग्रेसका भट्टराईले चार सय १८ र एमालेका खनालले तीन सय ५१ मत पाएका छन्।

भानु-४ मा १६७५ मत खसेको थियो। त्यहाँ रास्वपाका वाग्लले ७५९, कांग्रेसका भट्टराईले ४८२ र एमालेका खनालले ३९४ मत पाएका छन्।

भानु-५ को १५८४ मतमध्ये वाग्लेले ७७६, भट्टराईले ५३१ र खनालले २३७ मत पाएका छन्।

भानु-६ को १४६२ मतमध्ये वाग्लेले ६८४, भट्टराईले ५४९, खनालले १७७ म पाएका छन्।

भानु–७ मा एक हजार दुई सय ८१ मत खसेकामा रास्वपाका वाग्लेले छ सय ५५, कांग्रेसका भट्टराईले तीन सय १२ र एमालेका खनालले दुई सय ७० मत पाएका छन्।

भानु–८ मा एक हजार सात सय ९४ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ५६, कांग्रेसका भट्टराईले चार सय ५८ र एमालेका खनालले चार सय ३७ मत पाएका छन्।

भानु – ९ को १६८८ मतमध्ये स्वर्णिम वाग्लेले ८१४, सर्वेन्द्र खनालले ३८६ र गोविन्द भट्टराईले ४५६ मत पाए।

भानु–१० मा एक हजार सात सय ५८ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ४६, कांग्रेसका भट्टराईले पाँच सय ५१ एमालेका खनालले तीन सय २९ मत पाएका छन्।

भानु-११ को २०१४ मतमध्ये वाग्लेले १२०२,भट्टराईले ५९३ र खनालले १८३ मत पाएका छन्।

भानु-१२ को १६८७ मतमध्ये स्वर्णिम वाग्लेले ८६०, गोविन्द भट्टराईले ५८८ र सर्वेन्द्र खनालले १८७ मत पाए।

भानु-१३ मा १४०६ मतमध्ये स्वर्णिम वाग्लेले ७८८, गोविन्द भट्टराईले ४६५ र सर्वेन्द्र खनालले ८४ मत पाए।

देवघाट-१ को ११३८ मतमध्ये वाग्लेले २७८, भट्टराईले ३३३ र खनालले ४९४ मत पाएका छन्।

देवघाट-३ को ६४३ मतमध्ये गोविन्द भट्टराई ३२२, सर्वेन्द्र खनालले ५४ र स्वर्णिम वाग्लेले २४९ मत पाएका छन्।

देवघाट- ४ को ६८१ मतमध्ये गोविन्द भट्टराई २७२, सर्वेन्द्र खनालले २३०, स्वर्णिम वाग्ले १६८

देवघाट-५ को २७५८ मतमध्ये स्वर्णिम वाग्लेले १३८६, गोविन्द भट्‍टराई ६९५ र सर्वेन्द्र खनालले ६०५ मत पाए।

बन्दीपुर-१ को २१२९ मध्ये स्वर्णिम वाग्लेले ११३०, गोविन्द भट्टराईले ६५२ र सर्वेन्द्र खनालले ३१५ मत पाएका छन्।

बन्दीपुर-२ को १४०७ मतमध्ये स्वर्णिम वाग्लेलाई ५५९, गोविन्द भट्टराईले ५८६ र ‍सर्वेन्द्र खनालले २०१ मत पाएका छन्।

बन्दीपुर-३ को ९४५ मतमध्ये स्वर्णिम वाग्लेले ४०४, गोविन्द भट्टराईले ३९० र सर्वेन्द्र खनालले ११८ मत पाए।

बन्दीपुर-४ को १३१३ मतमध्ये स्वर्णिम वाग्लेले ६९०, गोविन्द भट्टराईले ३९२ र सर्वेन्द्र खनालले २०२ मत पाए।

तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार ७ सय ५७ मत खसेको थियो। जिल्ला समन्वय समितिको सभा हलमा दुई ठाउँमा मतगणना कार्य जारी छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४