Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सन्दीपविरुद्धको मुद्दामा सुनुवाई सुरु


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख ११ २०८०
  • 1.7K
    SHARES

काठमाडाैँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा सुनुवाई सुरु भएको छ । जिल्ला अदालत काठमाडौंमा साढे २ बजेबाट उक्त मुद्दामा सुनुवाई सुरु भएको हो । न्यायाधीश दीपक ढकालको उकल इजलासमा मुद्दाको अन्तिम सुनुवाईका लागि चौथो नम्बरमा पेशी तोकिएको छ ।

यसअघिका सबै मुद्दाको आदेश आइसकेको छ। सन्दीपको मुद्दामा भने आजै आदेश आउने नआउने निश्चित छैन। दुवैतर्फबाट बहस गर्ने अधिवक्ताहरुको संख्या बढी भएकाले बहस लम्बिनसक्ने सम्भावना पनि छ। बरिष्ठ अधिवक्ताहरु शम्भू थापा, रमन श्रेष्ठ, अधिवक्ता सरोजकृष्ण घिमिरे लगायतले बहस गर्नेछन् ।

यसअघि गत शुक्रबार किशोरीको मेडिकल गर्ने डाक्टर र एक क्रिकेटरको बकपत्र गराइएको थियो। अब भने मुद्दामा फैसला हुनेछ। गत भदौमा उनीविरुद्ध एक किशोरीले जबरजस्ती करणीको उजुरी गरेकी थिइन् । असोज २० गते सन्दीपलाई पक्राउ गरेर थुनामा राखिएको थियो । कात्तिक २९ गते उनलाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । तर झण्डै तीन महिना कारागारमा बसेपछि उच्च अदालतले उनलाई थुनाबाहिर राखेर मुद्दाको अन्तिम सुनुवाई गर्न आदेश दिएको थियो ।

सर्वोच्चले पनि त्यसैलाई सदर गरेपछि सन्दीप भने मुद्दाको सुनुवाई भइरहँदा थुनाबाहिरै छन् । अदालतले उनलाई दोषी ठहर गरे कारागार फर्काइने छ। जिल्ला अदालतको आदेश चित्त नबुझेमा उच्च र सर्वोच्च जाने बाटा भने दुवै पक्षलाई खुल्ला हुनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४