Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोलकातालाई हराउँदै चेन्नाई शीर्ष स्थानमा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख ११ २०८०
  • 1.6K
    SHARES

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आइतबार भएको दोस्रो खेलमा चेन्नाई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको छ ।

जारी सिजन चेन्नाईको यो पाँचौ जित हो । चेन्नाई ७ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । कोलकाताको यो पाँचौं हार हो । कोलकाता ७ खेलबाट ४ अंकसहित आठौं स्थानमा छ ।

गएराति कोलकाताको घरेलु मैदान एडेन गार्डेनमा भएको खेलमा चेन्नाईले पहिले ब्याटिङ गर्दै २३५ रन बनाएको थियो । २३६ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर १८६ रन मात्र बनाउन सक्यो ।

कोलकाताका लागि जेसन रोय र रिंकु सिंहले अर्धशतक बनाए पनि जिताउन सकेनन् । रोयले २६ बलमा समान ५ चौका र छक्का प्रहार गर्दै ६१ रन बनाए ।

यस सिजन लयमा रहेका रिंकु सिंहले ३३ बलमा ३ चौका र ४ छक्काको मद्दतमा अविजित ५३ रन बनाए । कप्तान नितिश राणाले २० बलमा २७ रन जोडे ।

चेन्नाईका लागि महिश थिक्सना र तुशार देशपाण्डेले २–२ तथा मधिसा पथिराना, रविन्द्र जडेजा, मोइन अलि र आकाश सिंहले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २३५ रन बनाएको थियो । चेन्नाईका ओपनर डेभोन कनवे, अजिन्का रहाने र शिभम दुवेले आक्रामक ब्याटिङ गर्दै अर्धशतक बनाए ।

रहानेले २९ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै अविजित ७१ रन बनाए । कनवेले ४० बलमा ४ चौका र ३ छक्का प्रहार गरी ५६ रन बनाए । शिभम दुवेले २१ बलमा २ चौका र ५ छक्कामा ५० रन बनाए । रुतुराज गाएकवाडले ३५ रन जोडे ।

कोलकाताका लागि कुलवन्त खेजरोलीयाले २ तथा वरुण चक्रवर्ती र सुयश शर्माले समान १–१ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४