Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उपनिर्वाचन : मतदानकाे निर्धारित समय सकियाे, लाइनमा बसेकाहरु मत दिन पाउने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख १० २०८०
  • 2.1K
    SHARES

काठमाडाैं । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा भएको मतदानकाे निर्धारित समय सकिएकाे छ ।

जिल्ला निर्वाचन कार्यालयहरुका अनुसार विहान ७ बजेबाट सुरु भएकाे मतदानकाे समय सकिएकाे हाे । निर्वाचन अधिकृतले मतदानकाे समय सकिए पनि लाइनमा बसेका मतदाताहरुलाई मतदान गर्न दिइने बताएका छन्  ।

तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएपछि रिक्त ठाउँमा उपनिर्वाचन गरिएको हो । उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, नेकपा एमालेबाट सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. स्वर्णिम वाग्ले, राप्रपाबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मङ्गोल नेशनल अर्गनाइजेशनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादीबाट गणेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार चुनावी मैदानमा हुनुहुन्छ ।

त्यस्तै बारा निर्वाचन क्षेत्र नं २ मा जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव,नेकपा एमालेबाट पुरुषोत्तम पाैडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल र जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा लगायत मैदानमा हुनुहुन्छ । बारा २ बाट निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्र खाली भएको हो । त्यसकारण त्यहाँ उपनिर्वाचन भएको हो ।

त्यसैगरी चितवन निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रबि लामिछाने,कांग्रेसबाट  जितनारायण श्रेष्ठ र नेकपा एमालेबाट राम प्रसाद न्याैपाने लगायत मैदानमा हुनुहुन्छ । रबि लामिछानेको नागरिकता बिवादमा सांसद पद गएपछि यो क्षेत्र खाली भएको थियो । तीनवटै क्षेत्रको मतपेटिका सम्वन्धित मतगणना स्थलमा संकलन भएपछि मतगणना शुरु गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४