Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गण्डकीका कांग्रेस नेता भन्छन् : भोलिसम्म नयाँ सरकार बन्छ


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख ९ २०८०
  • 1.5K
    SHARES

पोखरा । नेपाली कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्र पाण्डेले भोलिसम्म नयाँ सरकार बन्ने बताएका छन् ।

शनिबार मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभामा विश्वासको मत नपाएर पदमुक्तका छन् । प्रदेशसभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै पाण्डेले प्रदेश प्रमुखले छिटै सरकार गठनको आह्वान गर्ने र आइतबारसम्म नयाँ सरकार बन्ने बताएका हुन् ।

‘प्रदेश प्रमुखले संविधान अनुसार सरकार गठनको आह्वान गर्नुहुन्छ, दोस्रो कुरा भनेको गठबन्धन दलहरुबीचको सहमतिको कुरा हो’ उनले भने ।

अब संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको सहमतिमा मिलिजुली सरकार बन्छ कि १६८ (३) अनुसार ठूलो दलको नेताको हैसियतमा कांग्रेस संसदीय दलका नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्छन् भन्ने अन्योल छ ।

यससम्बन्धी प्रश्नमा पाण्डेले भने, ‘१६८ को धारा २, ३, ४ तिर म जान्न । प्रदेश प्रमुखले संविधान पढ्नुहुन्छ, उहाँले जे आह्वान गर्नुहुन्छ, त्यही अनुसार अगाडि बढ्छौं ।’

कहिलेसम्म नयाँ सरकार बन्छ भन्ने प्रश्नमा उनले भने, ‘मलाइ लाग्छ, भोलिसम्म बन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४