Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हैदरावादविरुद्ध सहज जितपछि चेन्नाई तेस्रो स्थानमा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख ९ २०८०
  • 2.5K
    SHARES

काठमाडौं । रविन्द्र जडेजाको बलिङ र रडेभोन कनवेको ब्याटिङमा चेन्नाई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा शुक्रबार राति सनराइजर्स हैदरावादलाई ७ विकेटले सहजै पराजित गरेको छ ।

चेन्नाईको जितमा बलिङमा जडेजाले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए । ब्याटिङमा डेभोज कनवेले ७७ रन बनाए ।

चेन्नाईले घरेलु मैदान एम ए चितम्बरम स्टेडियममा हैदराबादले दिएको १३५ रनको १८.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । चेन्नाईका लागि ओपनर डेभन कन्वेले ५७ बलमा १२ चौका र १ छक्क प्रहार गरी ७७ रन बनाए । अर्का ओपनर रुतुराज गायकवाडले ३० बलमा ३५ रन बनाए ।

हैदराबादका लागि मांयक मारकन्डेले २ विकेट लिए ।

त्यसअघि रविन्द्र जडेजाले ३ विकेट लिएपछि चेन्नाईले टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादलाई १३४ रनमै रोक्न सफल भएको थियो । हैदराबादका लागि अभिषेक शर्माले २६ बलमा सर्वाधिक ३४ रन बनाए । राहुल त्रिपाठीले २१ रन जोडे ।

चेन्नाईका लागि रविन्द्र जडेजाले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । आकाश सिंह, मशिथ थिक्सना र मथिशा पथिरानाले समान एक विकेट लिए ।

लिगमा चौथो जित हात पारेको चेन्नाई ६ खेलबाट ८ अंक जोड्दै तेस्रो स्थानमा उक्लेको छ । राजस्थान रोयल्स र लखनउ सुपर जायन्ट्स समान अंक जोडे पनि चेन्नाई रनरेटमा पछि छ ।

चौथो हार बेहोरेको हैदरावाद भने ६ खेलबाट २ अंकसहित नवौँ स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४