Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उपाधि होडमा आर्सनललाई धक्का


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख ९ २०८०
  • 1.5K
    SHARES

काठमाडौं । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले शुक्रबार राति रेलिगेसन जोनमा रहेको साउथह्याम्पटनसँग बराबरी खेलेपछि उपाधि होडमा धक्का लागेको छ ।

साउथह्याम्पटनलाई हराउँदै दोस्रो स्थानको म्यानचेष्टर सिटीमाथि ७ अंकको अग्रता बनाउने अवसर थियो । तर घरेलु मैदान एमिरेट्स स्टेडियममा आर्सनलले अन्तिम दुई मिनेटमा दुई गोल गर्दै साउथह्याम्पटनसँग ३-३ गोलको बराबरी खेल्यो । घरेलु मैदानमा आर्सनलले दुई पटक पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्द मुस्किलले हार टार्‍यो ।

कार्लोस् जोनास अल्कारेसले पहिलो मिनेटमै गोल गर्दै साउथह्याम्पटनलाई अग्रता दिलाएका थिए । १४औं मिनेटमा आर्सनलका पूर्व खेलाडी थिओ वाल्कोटले अल्कारेजकै पासमा गोल गर्दै साउथह्याम्पटनको अग्रता दोब्बर पारे ।

२०औं मिनेटमा आर्सनलका गाब्रिएल मार्टिनेलीले गोल गर्द लण्डन क्लबलाई खेलमा फर्काउन खोजेका थिए ।

६६औं मिनेटमा कालेटा कारले गोल गरेपछि साउथह्यानम्पटनले ३-१ को अग्रता बनायो र आर्सनललाई स्तब्त्र बनाउने संकेत देखाएको थियो । तर आर्सनलले अन्तिम समयमा दुई गोल फर्कायो ।

कप्तान मार्टिन ओडेगार्डले ८८औं मिनेटमा गोल गर्दै खेल ३-२ को स्थितिमा ल्याए । त्यसपछि बुकायो साकाले इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गरेपछि खेल ३-३ को बराबरीमा सकियो ।

बराबरीपछि लि लिडर आर्सनल र दोस्रो स्थानको सिटीबीच अंक दूरी ५ मात्र छ । सिटीले आर्सनल भन्दा २ खेल नै कम खेलेको छ । जसले गर्दा आर्सनलको लगातारको बराबरीले सिटीलाई फाइदा पुगेको छ ।

अर्कोतर्फ अब आर्सनलको अर्को खेल नै सिटीसँग सिटीको मैदानमा छ । यो खेलले धेरै हदसम्म उपाधि होडलाई निर्णायक बनाउन सक्छ । आर्सनलले सिटीलाई हराउन सके ८ अंकको अग्रता बनाउन सक्नेछ । सिटीले पराजित गरेमा भने उपाधि होड रोमाञ्चक बन्नेछ ।

साउथह्याम्पटन भने ३२ खेलबाट २४ अंकसहित पुछारमै छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४