Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अब अदालतमा बहसपैरवी गर्ने कानून व्यवसायीलाई “ड्रेस कोड”


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख ८ २०८०
  • 1.5K
    SHARES

काठमाडौं। बहसपैरवीका लागि अदालतमा उपस्थित हुने कानून व्यवसायीहरुले तोकिएको पोशाक लगाउनुपर्ने भएको छ ।

नेपाल कानून व्यवसायी परिषदले तयार पारेको ‘कानून व्यवसायीको पेसागत आचरण सम्बन्धी नियमावली, २०७९’ मा यस्तो व्यवस्था गरिएको हो ।

नयाँ व्यवस्था अनुसार कानून व्यवसायीहरुले तोकिएको पोशाकमा अदालतमा उपस्थित भएर बहसपैरवी गर्न थालेका छन् । सर्वोच्च अदालतको पूर्ण बैठकले स्वीकृत गरेको नियमावलीमा पुरुष र महिला कानून व्यवसायीहरुका लागि ३/३ वटा विकल्प दिइएको छ ।

नियमावली अनुसार, पुरुष कानून व्यवसायीहरुले राष्ट्रिय पोसाक दौरा सुरूवालमा कालोकोट, ढाकाको टोपी वा भादगाउँले कालो टोपी लगाउनुपर्नेछ ।

त्यसको विकल्पमा कालो कोट, कालो पाइन्ट, सादा सेतो सर्ट, छालाको तुनासहितको औपचारिक ढाकाको टोपी वा भादगाउँले कालो टोपी, टाई वा नेक बेन्ड लगाउनुपर्नेछ ।

उनीहरुलाई तेस्रो विकल्प पनि छ । जस अनुसार, कालो रङ्गको गाउन, सादा सेतो सर्ट, स्टान्ड, कालो पाइन्ट लगाउनुपर्नेछ ।

जुनसुकै पोशाक लगाएपनि छालाको तुनासहितको औपचारिक कालो जुत्ता र सादा सेतो देखिने सुतीको मोजा वा कालो गाढा रंगको सुतीको मोजा अनिवाय गरिएको छ ।

महिला कानून व्यवसायीको लागि कालो कोटमा सारी, चोलो वा ब्लाउज वा सादा रंगको कुर्ता र सलवार तोकिएको छ । विकल्पमा कालो कोट, कालो पाइन्ट, सादा सेतो सर्ट छ । अथवा कालो रङ्गको गाउन, सादा सेतो सर्ट, स्टान्ड, कालो पाइन्ट लगाउनुपर्नेछ । छालाको औपचारिक कालो जुत्ता र सादा सेतो देखिने सुतीको मोजा वा कालो गाढा रंगको सुतीको मोजा सबैलाई अनिवार्य गरिएको छ ।

आसौच बारेका कानून व्यवसायीहरुलाई आफ्नो रीति तथा परम्परा बमोजिमको पोसाक लगाउन छुट दिइएको छ ।

हरेक कानून व्यवसायीले नेपाल कानून व्यवसायी परिषद् वा नेपाल बार एसोसिएसनले जारी गरेको ब्याच अनिवार्य लगाउनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४