Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“एसीसी प्रिमियर कपअन्तर्गत शुक्रबार भएको खेलमा ओमानविरुद्ध नेपालको कीर्तिमानी जित”


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख ८ २०८०
  • 3.7K
    SHARES

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत शुक्रबार भएको एक दिवसीय खेलमा नेपालले ओमानविरुद्ध किर्तीमानी जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओमानलाई ८४ रनले हराएको हो । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले ओमानलाई हालसम्मकै सर्वाधिक ३११ रनको चुनौती दिएको थियो । जितका लागि उक्त चुनौती सामना गर्ने क्रममा ओमानले ४६.३ ओभरमा ९ विकेट गुमाएर जम्मा २२६ रन मात्र बनाउन सक्यो ।

यो जितसँग अब नेपाल सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ । नेपालका लागि कुशल मल्लको शतक र सोमपाल कामीको अर्धशतकको योगदानमा नेपालले अन्तर्राष्ट्रिय ओडीआईमा हालसम्मकै उच्च अंक जोडेको हो ।खेलको सुरुमा ओपनर आसिफ शेख र कुशल भुर्तेल शून्यमा आउट भएका थिए । पहिलो ४ ओभरमा रनविहीन रहेको नेपालले पाँचौँ ओभर चौथो बलमा बल्ल रन लिन सुरु गरेको थियो ।

त्यसअघि भीम सार्की र कप्तान रोहितकुमार पौडेलले ५४ रनको अर्धशतकीय साझेदारी गरे । रोहित ३४ बलमा २३ रन बनाएर आउट भए । भीमले ३३ रन जोडेका थिए । कुशलले आरिफ शेखले ७५ रनको साझेदारी गरे । आरिफले ४३ बलमा २९ रन बनाएर भने कुशलले ५९ बलमा ९ चौका र ९ छक्काको बलमा १०८ रन बनाए । सोमपाल र करण केसीले ६१ रनको साझेदारी गरे । सोमपालले ६३ र करण २९ रन बनाए ।

ओमानका लागि आएन खानले २, बिलाल खान, कलिमुल्लाह, जिसान मक्सुद फयाज बट, अकिब इल्यास र जतिन्दर सिंह्यले समान १ विकेट लिए । ओमानका लागि मोहम्मद नदिमले ७ चौका र १ छक्काको सहयोगमा ६५ रन बनाए। नदिमले सन्दिप गूडसँग ९६ रनको साझेदारी गरेका थिए ।

गौडले ५६ बलमा ३ चौका र २ छक्का मद्दतमा ४६ रन बनाए । आयान खानले २९ र कश्यप प्रजापतिले २५ रन जोडे । नेपालका लागि सन्दीप लामिछानेले र करण केसीले समान ३–३ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए । ललित राजवंशीले १ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४