Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माफी माग्दै प्रकाश सपुतले भने- ‘सकम्बरी’ गीतलाई आधिकारिक रिपोर्टजस्तो नबुझिदिनुहोला


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख ८ २०८०
  • 2K
    SHARES

काठमाडौं । ‘सकम्बरी’ गीतलाई लिएर भइरहेको विवादमा गायक प्रकाश सपुतले माफी मागेका छन् । फेसबुकमा लामो स्टाटस लेख्दै उनले आफ्नो सिर्जनाले चोट पुगेका सबैप्रति क्षमा मागेका हुन् ।

उनी लेख्छन्, ‘मेरो सिर्जनाले प्रत्यक्ष÷अप्रत्यक्ष जो जसलाई चोट पुगेको छ, अपमानजनक महसुस भएको छ, सबैसँग क्षमा चाहन्छु ।’

रात्रिकालीन मनोरञ्जन व्यवसायी संघलाई सम्बोधन गर्दै लेखेको स्टाटसमा उनले आफूले पाँच वर्ष सो क्षेत्रमा काम गर्दा अपमानजनक दृष्टिकोण खेपेको अनुभव पनि उल्लेख गरेका छन् । ‘कसैलाई होच्याएर, आफू अग्लिनु छँदै छैन, कसैलाई असफल बनाएर सफल हुनु छँदै छैन । कमजोरी छैन भन्दिनँ, छ तर सकीनसकी जानीनजानी गर्न खोजेको चाहिं समाजका अँध्यारा कथाहरु देखाएर उज्यालोतिर लाग्न प्रेरित गर्ने भन्ने हो,’ उनले लेखेका छन् ।

रात्रिकालीन व्यवसायी संघले विज्ञप्ति जारी गर्दै सपुतलाई उक्त गीत हटाउन र नहटाए आन्दोलनमा उत्रिने चेतावनी दिएको थियो । यो चेतावनीको पृष्ठभूमिमा गायक सपुतले प्रष्टीकरणसहित माफी मागेका हुन् । उनले अनलाइनखबरसँग कुरा गदै पनि गीतमार्फत पितृसत्तालाई प्रश्न गरेको बताएका थिए । साथै, विरोध गर्नेहरुको कलाचेतमाथि प्रश्न उठाएका थिए ।

गीतले रिलिज भएको सात दिनमै एक करोडभन्दा बढी भ्यूज प्राप्त गरेको छ ।

रात्रिकालीन मनोरञ्जन व्यवसायी संघलाई सम्बोधन गर्दै प्रकाश सपुतले लेखेको पत्र :

श्री अध्यक्षज्यू,

रात्रिकालीन मनोरञ्जन व्यवसायी संघ, काठमाडौं ।

पछिल्लो गीत ‘सकम्बरी’ले उठाउन खोजेको महिला यौन हिंसाको विषय गम्भीर र साझा विषय हो । यो सबै क्षेत्रमा छ । अझ भनौं विश्वव्यापी छ । यो व्यक्ति विशेष छ, दृष्टि विशेष छ, प्रवृत्ति विशेष छ । त्यसैले यो एउटा क्षेत्रमा मात्रै छ भन्नु अस्वाभाविक हो । र, कुनै अर्को क्षेत्रमा छँदै छैन भन्नु पनि अपत्यारिलो हो । तर पात्र र पात्रको पृष्ठभूमि तयार गर्दा रात्रिकालीन मनोरञ्जन क्षेत्रलाई छानिएको छ । यो एउटा शैली हो । कथा निर्माण प्रक्रिया हो । यसलाई कुनै अधिकारिक रिपोर्ट सामग्री जस्तो गरी नबुझिदिनुहोला । यसलाई कथा वा कला सामग्रीको रूपमा बुझिदिनुहोला ।

यदि रात्रिकालीन मनोरञ्जन व्यवसायी (दोहोरी साँझ) हुँदैनथ्यो भने म एउटा कलाकारको रूपमा स्थापित हुँदैन थिए । म सधैं ऋणी छु । आभारी छु । र, साथै इमान्दारीका साथ भन्नुपर्दा यदि यो क्षेत्रमा काम गरेको अनुभव हुँदैनथ्यो भने ‘सकम्बरी’को कथा पनि मसँग हुँदैनथ्यो । गीत र भिडियोलाई लिएर प्रेस विज्ञप्ति र अन्तरवार्ताहरू आएपछि म सुरुमा अलिकति झस्किएँ । तर अहिले म खÞुसी छु । तपाईंहरु रात्रिकालीन मनोरञ्जन व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन संस्थागत भएर लागिरहनु भएको रहेछ । पाँच वर्ष साँझमा काम गर्दै गर्दा मैले अपमानजनक दृष्टिकोण खेपेको छु । थुप्रै नैतिक प्रश्नहरूको सामना गरेको छु । तर त्यहींबाट म जस्तै थुप्रैले आफ्नो जीवनको लय भेटायौं र अगाडि बढ्यौं ।

त्यसैले समग्रमा क्षेत्र राम्रो र नराम्रो भन्दा पनि हामीभित्र पनि राम्रा र नराम्रा पक्ष र प्रवृत्ति छन् । त्यसमाथि बाहिरबाट हेर्ने समाजको दृष्टिकोणमा त झन् भंयकर पक्षपाती छ । ठूलो समस्या छ । यसरी समस्या सबैतिर छ । त्यसैले हामी सबैको साझा उद्देश्य समस्या समाधान हो । मर्यादित र सफल व्यवसाय गर्ने, रोजगार सिर्जना गर्ने, आर्थिक रूपमा सम्पन्न, हिंसारहित, विभेदरहित समाजको निर्माण गर्ने नै तपाईं हाम्रो प्रयास हो । यसमा अझै धेरै भूमिका राज्यको हुन्छ । हामीलाई शिक्षित बनाउने र चेतना निर्माण गरिदिने काम पनि राज्यको हो । हामी जस्तो समाजमा बस्छौं त्यस्तै चेतना बन्छ । त्यस्तै दृष्टिकोण बन्छ । सिर्जना त्यस्तै बन्छन् । त्यसैले यो देशकै समस्या हो ।

खैर, मेरो सिर्जनाले प्रत्यक्ष र अप्रत्यक्ष जो जसलाई चोट पुगेको छ, अपमानजनक महसुस भएको छ सबैसँग क्षमा चाहन्छु । मलाई कसैलाई होच्याएर, आफू अग्लिनु छँदैछैन, कसैलाई असफल बनाएर आफू सफल हुनु छँदैछैन । समाजको सिर्जना गर्ने तर समाजकै चित्त दुखाउने मेरो नियत हुँदै होइन । म पनि यही समाज र परिवेशको उत्पादन हुँ । मेरो चेतना पनि यहीं निर्माण भएको हो । त्यसैले कमजोरी छैन भन्दिनँ । छ, तर सकिनसकी जानीनजानी गर्न खोजेको चाहिं समाजका अँध्यारा कथाहरू देखाएर उज्यालोतिर लाग्न प्रेरित गर्ने भन्ने हो । रात्रिकालीन मनोरञ्जन व्यवसाय मात्रै होइन, देशका सबै क्षेत्रलाई, सबै अंगलाई मर्यादित बनाउन, सफल र समृद्ध बनाउन तपाईं हामी सबैको भूमिका उत्तिकै महत्त्वपूर्ण छ ।

बाँकी, म फर्किएपछि दोहोरी साँझमा बसेर समीक्षा गरौंला, मुड चल्यो भने एउटा दोहोरी पनि सुनाउँला म । कुनै मीठो भाका छान्दै गर्नुहोला । धन्यवाद ।

प्रकाश सपुत

अमेरिकाबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४