Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कर्णालीमा कांग्रेस पनि सरकारमा सहभागी, नवनियुक्त चार मन्त्रीले लिए शपथ


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख ७ २०८०
  • 2.5K
    SHARES

काठमाडौँ । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएको छ । मुख्यन्त्री राजकुमार शर्माले नेपाली कांग्रेसका ३ जनालाई मन्त्री नियुक्त गरेका छन् । नेपाली कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा वेदराज सिंह, सामाजिक विकास मन्त्रीमा खड्गराज पोख्रेल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार विसी नियुक्त भएका छन् ।

उनीहरुलाई प्रदेश प्रमुख तिलक परियारले बिहीबार उनीहरूलाई शपथ ग्रहण गराएका हुन् । यसअघि भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी नेकपा माओवादी केन्द्रकी उर्मिला विश्वकर्माले जलस्रोत तथा उर्जा विकास मन्त्रीको रुपमा शपथ लिएकी छन् । यसअघि बुधवार दिउँसो ३ बजे मन्त्रीको शपथ समय तोकिए पनि शपथ हुन सकेको थिएन । नेपाली कांग्रेस भित्रको विवादका कारण नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वको दबावमा मुख्यमन्त्री राजकुमार शर्माले नियुक्ति रोकेका थिए ।

यसअघि मुख्यमन्त्रीकै लाइनमा रहेका केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य राजीवविक्रम शाहले मन्त्रीमा दाबी गरिरहेका थिए । तर मंगलवार नेपाली कांग्रेसको कार्यसम्पादन समितिको निर्णयपछि दलका नेता जीवनबहादुर शाहीले अर्थमा सिंह, सामाजिक विकास मन्त्रीमा पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा बिसीलाई सिफारिस गरेपछि विवाद भएर शपथ रोकिएको थियो ।

नेपाली कांग्रेस संसदीय दलका नेता शाहीको निवासमा भएको छलफलबाट नियुक्ति र शपथ गराउने सहमति जुटेपछि उनीहरुले शपथ गरेका हुन् ।

अन्ततः ८ वटै मन्त्रालय कायम

कर्णाली प्रदेशमा अन्ततः ८ वटै मन्त्रालय कायम गरिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ७ मन्त्रालय कायम गर्ने निर्णय खारेज गर्दै ८ वटै कायम राखेको हो । २७ पुषमा नेकपा एमालेर नेकपा माओवादी केन्द्र बिच  ८ वटा मन्त्रालय घटाएर ७ मा झार्ने सहमतिसँगै ८ माघमा जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयलाई भौतिक पूर्वाधारमा गाभ्ने निर्णय भएको थियो ।

यद्यपि प्रशासनिक रुपमा भने असारपछि मात्रै मर्ज गर्ने भनिएको थियो । तर,नेकपा माओवादी केन्द्रले सो मन्त्रालयमा राज्यमन्त्रीसमेत नियुक्त गरी कुल मन्त्रीको संख्या ८ पुगेपछि मन्त्रालय मर्ज गर्नुको औचित्य नभएको भन्दै ८ मन्त्रालय कायम गरिएको हो । सरकारबारे निर्णय गर्ने उद्देश्यसहित आइतबार बेलुका बसेको नेपाली कांग्रेस नेकपा माओवादी केन्द्रको बैठकमा नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले मन्त्रालय ८ नै कायम राख्नुपर्ने प्रस्ताव राखेका थिए । सरकारका प्रवक्ता कृष्णबहादुर जिसीले ८ मन्त्रालय नै कायम हुने गरी निर्णय भएको बताएका छन्  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४