Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गाँउपालिका अध्यक्षको विकासको कार्य देखेर विकास विरोधीहरु आत्तिए ।


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख ६ २०८०
  • 2.1K
    SHARES

वीरगन्ज । पर्सा जिल्लाको बिन्दबासिनी गाँउपालिकाका अध्यक्षले पालिका भित्रका केही विकास विरोधी जनप्रतिनिधि र बाहिरका बिकास बिरोधी तत्वहरु आत्तिएको जनाएका छन् ।

अहिले विकासको काममा सक्रिय रुपमा क्रियाशील भएर काम गरिरहेको गाँउपालिकाको विकासको काम देख्न नसकेर वडा अध्यक्ष मुक्तिनाथ राउत कुर्मी र बाहिरका तत्वहरु आत्तिएको गाँउपालिकाका अध्यक्ष प्रमोद तिवारीले बताएका हुन् ।

विकासको काम देखेर विभिन्न आरोप लगाउदै , गाँउपालिकाले गरेको राम्रो काम देख्न नसकेर वडा अध्यक्ष कुर्मीले मलाई बदनाम गराउने षडयन्त्र गरे पनि फरक नपर्ने र विकाशको काम नरोकिने गाउँपालिका अध्यक्ष तिवारीले बताएका हुन् ।

अध्यक्ष तिवारीले भने गाँउपालिकामा आफ्नो राजनीति भबिस्य नै सकिने डरले वडा अध्यक्ष कुर्मी र केही बाहिरका तत्वहरूले ठुलो शक्ति बनाएर मेरो विरुद्ध मिडिया लगाएर मेरो र गाँउपालिकाकै बेइज्जत गर्न खोजेको दाबी गरेका छन् ।

बिरोध गर्ने कुनै ठाँउ नभएको देखेर मेरो विरुद्ध लागेको गाउँपालिका अध्यक्ष तिवारीको भनाइ छ । यदि कसैले जनताले मेरा विरुद्ध कुनै बिरोध नगर्ने अहिले बाहिर बसेर विभिन्न प्रचार बाजि गर्न एउटा समूह नै बनाएर मलाई कमजोर बनाउने काम भैरहेको र यस्ता बिकास बिरोधि तत्वले मेरो बिरोध गर्दैमा म कमजोर होइन अझै शक्तिशाली बन्छु मेरो बिरोध कुनै जनताले गरेको होइन जनताले गरेको भए कमजोर हुने थिए तर मेरो बिरोध त बिकास बिरोध एउटा समुहले गरेको हो भने गाउँपालिका अध्यक्ष तिवारीले बताए ।

वडा अध्यक्ष कुर्मीले आफ्नो व्यक्तिगत स्वार्थ पूर्तिका निम्ति केही बिचौलिया इसारामा मलाई र प्रमुख प्रशासकिय अधिकृत राजु साहलाई चौतर्फी घेराबन्दीमा पार्न खोजेपनि उनीहरूको प्रयास अश्फलको गाउँपालिका अध्यक्ष तिवारीले बताए ।

गाउँपालिका अध्यक्ष तिवारीको ११ महिनाको कार्यकालमा स्वास्थ्य, शिक्षा, सडक, खेलकुदका क्षेत्रमा धेरै महत्वपुर्ण काम भएको स्थानियहरुले बताएका छन् । अहिलेको समयमा जनताले गुट उपगुटको पक्षमा भन्दा पनि विकासप्रेमी नेतृत्वलाई साथ दिएको र आउँदो दिनमा पनि दिने स्थानीयबासीहरुको भनाइ छ ।

आफ्नो कार्यकालमा गरेको विकासको काम देखेर वडा अध्यक्ष कुर्मी चकित भएका छन् र आफ्नो निहित स्वार्थ र राजनीतिक स्वार्थका लागि विकाशको काममा अवरोध उत्पन्न गरी ठुल्लो बन्न खोजेपनि म बन्न दिने छैन । आफूले इमान्दार भएर गाउँपालिकाको विकासका लागि काम गर्दा वडा अध्यक्ष कुर्मी अत्तालिएको आरोप पनि उनले लगाए ।

वडा अध्यक्ष कुर्मी सहित केही सीमित तत्वहरुले विकासमा अवरोध खडा गर्न लागेको र गाउँपालिकाको विभिन्न समाचार तथा टिका टिप्पणी बाहिर आएपछि पछिल्ला घटनाको बारेमा अध्यक्ष तिवारीले जानकारी गराए ।

जिल्लामै भौतिक विकासका साथै सामाजिक विकासका कामहरु देखेर अन्य पक्षले गाउँपालिकामा अनावश्यक रुपमा वखेडा मच्चाउन लागेको स्थानीय बासीहरुको आरोप छ ।

वडा अध्यक्षले कुर्मीले म वडाको राजा हो मेरो आदेश बिना मेरो वडामा पात पनि खरखाराउनु हुन् र नेपाल सरकार होस् वा प्रदेश सरकार वा अध्यक्ष/उपाध्यक्ष मसँग नसोधी मेरो वडामा काम गर्न नमिल्ने वडा अध्यक्षको भनाई रहेको गाउँपालिका अध्यक्ष तिवारीले बताए ।

मेरो वडा स्तरिय योजना म जुन ठेकेदार संग गराउन चाहन्छु हाकिमले उसँग काम गराउनु पर्छ र मैले नियमानुसार कामकाज गर्न लाग्दा ति वडा अध्यक्ष कुर्मीले विभिन्न आरोप लगाउँदै मलाई पनि बद्नाम गराउन लागेको प्रमुख प्रशासकिय अधिकृतले साहको भनाइ छ ।

नेपाल सरकार तराईमधेश समृद्धि कार्यक्रमहरु संचालन हुँदा सम्बन्धित ठेकेदारहरुलाई आर्थिक समन्वय गर्नु भन्दा ठेकेदारहरुले आर्थिक समन्वय गर्न नसक्ने भनेपछि गाउँपालिका अध्यक्ष र मसँग विवाद सृजना गर्न खोजेको उनले बताए ।

गत आर्थिक वर्षमा विद्यालयमा पठाइएको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत बहुवर्वा भाठ्ठा स्थित श्री.रा.रा.चौ.मा. विद्यालयमा निर्माणधिन भवनको विषयमा पनि बारम्बार विदाद उत्पन्न गर्दै आएका हुन् वडा अध्यक्ष कुर्मीले भने गाउँपालिका अध्यक्ष तिवारीले बताए ।

वडाबाट हुने बिभिन्न सिफारिशमा दलाली गर्दै आर्थिक लाभ लिने गरेका हुन् ती वडा अध्यक्ष कुर्मी । राजश्व शुल्कको रसिद नकाटी आर्थिक लाभ लिई विभिन्न सिफारिस गर्ने गरेका छन् वडा अध्यक्ष कुर्मीले भने वडा बासीहरुको आरोप छ । यो सबै उनले गरेको गतिविधि रोक्न खोज्दा वडा अध्यक्ष कुर्मी बहुलाई गाउँपालिका लगायत प्रमुख प्रशासकिय अधिकृतलाई नै बदनाम गराउन आतुर रहेको गाउँपालिका बासीहरुको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४