Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लिड्सको पोष्टमा लिभरपुलको ६ गोल


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख ५ २०८०
  • 1.1K
    SHARES

काठमाडौं । प्रिमियर लिगमा सोमबार राति भएको एक मात्र खेलमा लिभरपुलले लिड्स युनाइटेडलाई ६–१ ले पराजित गरेको छ।

लिड्सको मैदानमा भएको खेलमा लिभरपुललाई जिताउन मोहमद सलाहा र डिएगो जोटाले २–२ तथा कोडी गाक्पो र डार्विन नुनेजले समान एक–एक गोल गरे ।

३५औं मनेटमा गाक्पो र ३९औं मिनेटमा सालाहले गोल गरेपछि लिभरपुलले पहिलो हाफमा दुई गोलको अग्रता बनाएको थियो ।

दोस्रो हाफको सुरुमै लिड्सका सिनिस्टेराले गोल गर्दै खेलमा फर्काउने प्रयास गरेका थिए । तर त्यसपछि लिभरपुलले एकपक्षीय रुपमा लगातार चार गोल ग¥यो ।

जोटाले ५२औं मिनेटमा गोल गर्दै ३–१ को अग्रता बनाए भने सालाहले ६४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । यस्तै जोटाले ७३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । ९०औं मिनेटमा नुनेजले गोल गर्दै लिभरपुललाई ६–१ को जित दिलाए ।

पछिल्लो पाँच लिग खेलमा लिभरपुलको यो पहिलो जित हो । जितपछि लिभरपुलको ३० खेलबाट ४७ अंक भएको छ र शीर्ष चारको सम्भावना बाँकी नै राखेको छ ।

लिड्स ३१ खेलबाट २९ अंकसहित १६औं स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४