काठमाडौँ । आज तीन दलका शीर्ष नेताहरुबीच बालकोटमा छलफल हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल हुन लागेको हो ।
छलफलका लागि सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” र नेपाली कांग्रेसका पार्टी सभापति शेर बहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर भाइरल ज्वरोका कारण बिरामी भएर आराम गरिरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरेका छन् । त्यससँगै संसद्मा विधेयक अगाडि बढाउन समझदारीका लागि छलफल हुने भएको हो ।
प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार संवैधानिक परिषद्सम्बन्धी विधेयक, सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिनसम्बन्धी विधेयकलाई अगाडि बढाउन शीर्ष नेताबीच छलफल हुनेछ । यसअघि चैत २५ र २८ गते पनि शीर्ष नेताहरूबीच छलफल भएको थियो ।
सभामुख देवराज घिमिरेको समन्वयमा तीन दलका शीर्ष नेताबीच भएको छलफल विशेषतः सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई सहमतिमा टुङ्ग्याउने विषयमा केन्द्रित थियो । संसद्मा रहेको सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ लाई सहमतिमा पारित गर्ने गरी छलफल अघि बढिरहेको छ ।