Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आयोजना अलपत्र पार्ने भारतीय कम्पनीसँगको ठेक्का तोड्ने विषयमा छलफल


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख ४ २०८०
  • 2.7K
    SHARES

काठमाडौं । भारतीय निर्माण कम्पनीले लामो समयसम्म अलपत्र पारेका योजना तोड्ने विषयमा भारतीय पक्षसँग छलफल भएको छ । समस्याग्रस्त छ/सात ठेक्का तोड्ने विषयमा छलफल भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

भारतीय लगानीका र भारतीय कम्पनीले जिम्मेवारी लिएर लामो समय काम नगरी अलपत्र पारेका ठेक्काका विषयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबीच छलफल भएको हो ।

उनीहरूबीच लामो समयदेखि अलपत्र योजना तोड्ने विषयमा छलफल भएको मन्त्रालयका सचिव केशव शर्माले जानकारी दिए । सचिव शर्माका अनुसार बथनाहा–विराटनगर रेल सञ्चालन र रक्सौल–काठमाडौँ रेलमार्ग निर्माण विषयमा पनि कुराकानी भएको थियो ।

भारतीय एक्जिम बैंकको लगानीमा विभिन्न योजना निर्माणाधीन छन् । ती योजना भारतीय निर्माण कम्पनीले लामो समयदेखि निर्माण सम्पन्न गरेका छैनन् । दाङको लमही–घोराही सडकखण्डको जिम्मा भारतीय कम्पनीले लिएको थियो । सडक निर्माण अलपत्र परेपछि ठेक्का तोड्ने मनसायमा नेपाल र भारत दुवै पुगेका छन् ।

मन्त्री ज्वाला र राजदूत श्रीवास्तवबीच रक्सौल-काठमाडौं रेल सेवा निर्माणका विषयमा पनि कुराकानी भएको छ । सो रेलमार्गलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ ।

भेटमा नेपाल–भारत सीमामा रहेका रेलमार्गका विषयमा पनि काराकानी भएको छ । बथनाह–विराटनगर, न्यू जलपाइगुडी–काँकडभिट्टा, जोगबनी–विराटनगर, जयनगर–जनकपुर, नौतनवा–भैरहवा, रुपैडिया–नेपालगञ्ज क्रस बोर्डर रेल सेवाका विषयमा कुराकानी भएको सचिव शर्माले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४