Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कृषक सम्मान गर्दै सकियो आलु महोत्सव


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख ३ २०८०
  • 1.8K
    SHARES

हेमजा, ३ बैशाख । चैत २६ गतेदेखि सुरु ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव आइतवार (आज) सकिएको छ । समापन समारोहका बीच कृषक सम्मान, कृषक परिचयपत्र वितरण, कृषि एम्बुलेन्स प्रदर्शनी लगायत विभिन्न पुरस्कार वितरण गरिएको छ । पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाको समन्वयमा विभिन्न वडाका उत्कृष्ट २४ किसानलाई सम्मानपत्र सहित नगदले सम्मान गरिएको हो ।त्यस्तै हेमजाका किसानहरु देवीरमण पौडेल, अमृत पौडेल, बीरबहादुर कार्की, सुनिता श्रेष्ठ, शीलशोभा नेपाली र निरज तिम्सिना साथै शिक्षासेवीद्वय चर्तुरमान् श्रेष्ठ र टासी फुनचोक पनि सम्मानित हुनुभयो ।त्यस्तै कृषि तथा पशु विकास शाखाले किसान परिचय पत्र पनि वितरण गरेको छ ।

समापन समारोहलाई सम्बोधन गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले क्लवले सराहनीय कार्य गरेको चर्चा गर्नुहुँदै आगामि वर्षदेखि आलु महोत्सवलाई रातो कितावमा नै व्यवस्था गरी रकम विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो ।उहाँले एक वडा एक उत्पादन गर्ने उद्देश्यका साथ महानगर अगाडि बढिरहेको छ भन्दै कृषिलाई आयआर्जनसँग जोडे मात्रै समृद्धि हासिल हुनसक्ने पनि औँल्याउनुभयो । क्लवको बुहुउद्देश्यीय भवन निर्माणमा पनि महानगर सहयोग गर्न तत्पर रहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

पोखरा २५ हेमजाका वडाध्यक्ष एवम् महानगरपालिकाका प्रवक्ता मोतिलाल तिम्सिनाले आलु महोत्सवको चर्चा देशविदेशमा हुने गरेकोमा खुशी व्यक्त गर्दै योसँगै हेमजाको इज्यत बढेको स्पष्ट पार्नुभयो ।प्रवक्ता तिम्सिनाले महोत्सवका महानगरको कृषि महाशाखाको भूमिका प्रशम्सनीय रहेको पनि जनाउनुभयो । कृषि अनुसन्धान निर्देशनालय लुम्लेका निर्देशक डा. कालिकाप्रसाद उपाध्यायले हेमजामा लगाइने एमएस् ४२ जातको आलु उन्मोचनमा निर्देशनालयको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्दै आलु उत्पादन गर्ने क्षेत्र घद्दै जानु दुःखद् भएको औँल्याउनुभयो ।

त्यस अवसरमा पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाँ, विष्णुपादुका माविका अध्यक्ष कृष्ण नेपाली, महिला संजाल हेमजा अध्यक्ष रमा त्रिपाठी, मानव सेवा आश्रमका अभियान्ता मदन थापा, कृषि संजालका अध्यक्ष राजेन्द्र कार्की लगायतले पनि धारणा राख्नुभयो। महोत्सवमा करिव पाँच करोड रुपैयाँका कारोवार भएको छ । आलु मात्रै ८० टन बिक्री भएको छ ।हेमजाको आल छिटो पाक्ने, विषादी कम प्रयोग हुने तथा स्वादिष्ट रहेकाले त्यहाँ उत्पादित आलुको माग उच्च हुने गरेको कृषक परिचालन उपसमितिका संयोजक जयराम तिमिल्सीनाले जानकारी दिनुभयो ।

महोत्सवकै अवसरमा भएका रत्यौती गीत, झाँकी प्रदर्शनी लगायका सहभागिलाई क्लवले सम्मान गरेको छ ।त्यस्तै प्रत्येक आमा समूहलाई दुई वटाका दरले कर्ची समेत प्रदान गरिएको छ । महोत्सव अन्र्तगत आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन तथा प्रशिक्षण, माटो, बोटविरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, विभिन्न कृषि उपज, विउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार लगायतका कार्यक्रम गरिएको हो ।

मूल समारोह समितिका अध्यक्ष सुविन श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सांस्कृतिक उपसमिति संयोजक दानबहादुर थापाले स्वागत तथा महासचिव वसन्तकुमार श्रेष्ठ तथा उद्घोषक नेत्रपाणि बास्तोलाले कार्यक्रम संचालन गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४