काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले सांसदहरूलाई निषेधको चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत कोशीको पानी धरान ल्याउने योजनामा बजेट नपरे धरानमा सांसदहरूलाई निषेध गर्ने सम्मको चेतावनी दिएका हुन् ।
तीनकुनेमा बोर्ड नै राखेर निषेध गरिने उनको चेतावनी रहेको छ । “यसपालिको बजेटमा कोशीको पानी ल्याउने प्रोजेक्ट परेन भने माननीय ज्यूहरूलाई धरानमा निषेध गरिने छ ! तल तीनकुनेमै बोर्ड राखिने छ फोटोसहितको ! ख्याल नठान्नु होला ! यो फेसबुक चलाउने मान्छे धरानको नगर प्रमुख हो भन्ने नभुल्नु !’ उनले आफ्नो फेसबुक मार्फत भनेका छन् ।
हर्कको यो अभिव्यक्तिमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह “बालेन्द्र”ले पनि आफ्नो समर्थन जनाएका छन् । उनको स्ट्याटसमा शाहले लेखेका छन् मेरो पूर्ण समर्थन रहेको छ” गर्ने नै यही हो ।”
