Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हेमजामा जारी ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव भोली बाट सकिदै


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख २ २०८०
  • 4.2K
    SHARES

हेमजा, २ बैशाख । हेमजामा जारी ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव आइतवार(भोली) सकिदै छ । समापन कार्यक्रमलाई पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले सम्वोधन गर्ने कार्यक्रम छ ।त्यस्तै कृषक सम्मान, कृषि एम्वुलेन्स प्रदर्शनी लगायत विभिन्न पुरस्कार पनि वितरण हुनेछन्। महोत्सव अन्र्तगत शनिवार आज रत्यौली गीत प्रतियोगिता भएको छ । त्यस्तै लोकदोहोरीतर्फ प्रिन्स लम्साल, रामजी पौडेल र पारु गुरुङ साथै पपतर्फ अस्मिता अधिकारी, टुकी र डिमोर्चा व्याण्डले प्रस्तुति राखेको छ ।

त्यस्तै आइतवार कलाकारहरु नविन पौडेल, गगन गुरुङ, परशुराम अधिकारी, वसन्ती थापा र कमला केसीका प्रस्तुतिहरु रहने प्रचारप्रसार उपसमिति संयोजक निराजन अधिकारीले जानकारी दिनुभयो । शनीवार महोत्सवलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य दामोदर पौडेल बैरागीले हेमजामा प्रर्याप्त आलु उत्पादन हुनुपर्ने भन्दै खेतीयोग्य जमिन वर्षिनी घट्दै जानु दुखद् भएको औंल्याउनुभयो ।उहाँले शिक्षालाई व्यवहारिक बनाउनुपर्ने स्पष्ट पार्दै आउदाँ वर्षहरुमा आलु महोत्सव गर्नका लागि सरकारी स्तरबाट बजेट व्यवस्था गर्न आफूले पहल गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

महोत्सव अन्त्यतिर आउदाँ कृषि स्टलतर्फ दर्शकको आकर्षण बढेको पाइएको छ ।त्यहाँ आलुका जातका अलवा तरकारीजन्य सामग्री, बोट विरुवा, कृषि औजार, प्राङगारिक मल लगायतका कृषि स्टलहरु रहेका छन् । कृषि अनुसन्धान निर्देशनालय लुम्लेले दर्शकलाई जानकारी दिने उद्देश्यले विभिन्न ४१ जातमा आलुको प्रदर्शनी पनि गरिरहेको छ ।त्यहाँ उन्मोचन भएका १० जात, परीक्षणमा रहेका ११ जात, खेतवारीमा लगाइराखिएका उन्मोचोन्मुख ६ जात तथा क्षेत्रीय स्तरका हावापानीमा सुहाउदाँ जातको पनि प्रदर्शन गरिएको निर्देशनालयमा प्राविधिक अधिकृत चन्द्राकान्त तिमिल्सीनाले जानकारी दिनुभयो।उहाँले मानिसहरु कृषि पेशाप्रति उदार बन्दै गएको भन्दै खुशी समेत व्यक्त गर्नुभयो ।

महोत्सव स्थलमा कृषिजन्य सामग्री बेच्दै आउनु भएकी ललिता कृषि फर्मकी प्रोप्राइटर ललिता थापाले आफ्नो स्टलमा राम्रै व्यापार भइरहेको उल्लेख गर्दै महोत्सवलाई आउँदा वर्षहरुमा पनि निरन्तरता दिनुपर्ने बताउनुभयो। महोत्सव अन्र्तगत आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन तथा प्रशिक्षण, माटो, बोटविरुवाको परीक्षण तथा रोगको निधान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, विभिन्न कृषि उपज, विउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार लगायतका कार्यक्रम रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४