काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,र नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपाल सहितका नेतासँग समसामियक राजनीतिका विषयमा छलफल गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले नेपाली कांग्रेस र नेकपा एकीकृत समाजबादीका शीर्ष नेतासँग समसामयिक विषयमा छलफल गर्नुभएको छ,’ प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले भनेका छन् , ‘उपनिर्वाचनको तयारी, मन्त्रिपरिषद् विस्तारसहित समसामयिक विषयमा कुराकानी भएको बुझिएको छ । अझै ६ मन्त्रालय रिक्त छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल”प्रचण्ड”ले भोलि मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् ।
तर नेकपा एकीकृत समाजवादीले थप एक मन्त्रालय माग गरेपछि सत्तारूढ तीन दलका शीर्षसहितका नेताहरुको छलफल बिनानिष्कर्ष सकिएको बुझिएको छ । आजै बेलुका फेरि बैठक बसेर टुंगो लगाइने बताइएको छ । छलफलमा नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र नेकपा एकीकृत समाजबादीबाट महासचिव घनश्याम भुसाल पनि सहभागी भएका थिए ।