Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मधेश प्रदेशमा आज जुडशीतल पर्व मनाइँदै


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख २ २०८०
  • 1.3K
    SHARES

काठमाडौं । मधेश प्रदेशमा हर्षोल्लासका साथ शनिबार जुडशीतल पर्व मनाइँदैछ ।

प्रत्येक वर्षको वैशाख २ गते बिहानैदेखि गाउँगाउँमा आफू भन्दा सानाको शिरमा जल थप थपाएर आशिर्वाद लिने दिने गरिन्छ । बुबा-आमा, गुरु, मान्यजन र ज्येष्ठ सदस्यले आफू भन्दा सानाको शिरमा जल राखेर जल सिंचित गरी आशिर्वाद दिंदै याे पर्व मनाउने चलन रहेकाे छ ।

वर्षभरी शीतलता, सुख, समृद्धि, शान्ति, दीर्घायु र प्रगति होस् भन्ने ठूलाबडा र जेष्ठ सदस्यले आफू भन्दा सानालाई आशिर्वाद दिने गर्छन् । आजका दिन रुख विरुवामा पानी हाल्नुका साथै खेतबारीमा मलजल गर्ने परम्परा समेत रहेकाे छ ।

सूर्यको तापबाट आकुल-व्याकुल मानव लगायतका रुख विरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मुख्य उद्देश्य हो । नयाँ वर्षमा जल सिंचित गर्दा बालबालिकाको मस्तिष्क शीतल हुने र वर्ष भरी नै उसले राम्रो काम गर्ने जनविश्वास रहेको छ । आजैका दिन केही स्थानमा हिलोपानी पनि खेल्ने गरिन्छ । साेही पर्वमा घरघरमा विशेष परिकारका खाना बनाएर खाने चलन पनि छ ।

जुडशीतल पर्वको अवसरमा मधेश प्रदेश सरकारले शनिबार सार्वजनिक बिदा समेत दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४