Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल र ओमनबीचको एक दिवसीय अभ्यास खेल आज हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख २ २०८०
  • 2.2K
    SHARES

काठमाडाैं । नेपालले शनिबार एक दिवसीय अभ्यास खेलमा ओमानसँग खेल्ने भएकाे छ ।

खेल शनिबार बिहान साढे ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुने भएकाे हाे । खेल ५०–५० ओभरको हुनेछ । नेपालले एसीसी प्रिमियर कप अघि अभ्यास खेल खेल्न लागेको हो । आफ्नो उत्कृष्ट प्लेइङ–११ निर्धारण गर्ने यो अन्तिम अवसर हो । बन्द प्रशक्षणमा रहेका २१ सदस्य टोलीबाट आवश्यकता अनुसार खेलाडी प्रयोग गर्नेछ ।

अभ्यास खेल हुँदा प्लेइङ ११ नभएर टोलीका जुनसुकै खेलाडीलाई खेलाउन सक्छ । यो खेलले कुनै पनि अन्तर्राष्ट्रिय मान्यता पाउने छैन । नेपालको कप्तानी रोहित पौडेल र ओमानको जिशान मकसुदले गर्ने छन् । नेपालले आफ्नो अन्तिम १४ सदस्य टोली घोषणा गरेको छैन । अभ्यास खेलपछि नेपालले अन्तिम टोली घोषणा गर्ने भएकाे छ ।

उता ओमान १४ सदस्य टोलीका साथ नेपाल आइपुगेको छ । आईसीसी विश्वकप लिग-२ मा ओमान दोस्रो र नेपाल तेस्रो स्थानमा रहँदै विश्वकप छनोटमा पुगेका थिए । नेपालले पछिल्ला १२ मध्ये ११ खेल लिग-२ मा जितेको थियो । घरेलु मैदानमा लिग २ मा नेपालले पछिल्ला ८ खेल नै जितेको छ ।

एसीसी प्रिमियर कप यहि वैशाख ५ देखि १८ गतेसम्म टियु र मुलपानीकाे मैदानमा हुने भएकाे छ । समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेविया रहेका छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका छन् । नेपालले तीन खेल टियुमा खेल्दा एक खेल मुलपानीमा खेल्ने भएकाे छ ।

नेपालले साउदी अरेवियासँग वैशाख ११ गते खेल्ने भएकाे छ । नेपालले पहिलो खेल वैशाख ५ गते मलेसियासँग खेल्दै सुरुवात गर्नेछ । प्रतियोगिता विजेता टोलीले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ ।

एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउने भएकाे छ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४