Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“परामर्शपछि ढाकाकुमार श्रेष्ठले भने, ‘सांसद पद खारेज भईसकेको छैन “


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख १ २०८०
  • 1.3K
    SHARES

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा”ले ढाकाकुमार श्रेष्ठलाई पार्टीबाट निष्कासन जानकारी संघीय संसद् सचिवालयलाई दिएको छ । बिहीबार रास्वपाले संघीय संसद् सचिवालयमा पत्र दर्ता गराएको हो ।

पत्रमा श्रेष्ठलाई पार्टीको विधानअनुसार केन्द्रीय समितिको बैठकले कारबाही गरेको उल्लेख छ । उनको स्थानमा सांसद पद रिक्त हुने भएकाले कानुनबमोजिम पदपूर्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन आग्रह गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी”रास्वपा”ले बुधबार ढाकाकुमारलाई पार्टीबाट निष्कासन गरेको थियो । उनीमाथि व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड मागेको आरोप लागेको छ ।

पद खारेज भइसकेको छैन
ढाकाकुमारले भने आफ्नो सांसद पद खारेज भइनसकेको जिकिर गरेका छन् । कानुन व्यवसायीसँगको परामर्शपछि उनले भने, ‘पार्टीले सदस्यबाट निष्कासन गरेकोलाई संविधान र कानुनले सांसद पद रिक्तताको व्यवस्थामा राखेको छैन । त्यो हिसाबले हेर्दा मेरो सांसद पद प्रक्रियागत तरिकाले गएको रहेनछ ।

प्रक्रियागत त्रुटि पार्टीमा धेरै भएको रहेछ । जुन म बोल्दै आएको थिए । अब कारबाही गरिसक्यो । मेरो सांसद पद खारेज भइसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४