काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी “रास्वपा” २०८० साल वैशाख १० गतेको उपनिर्वाचनपछि २२ सिट लिएर संसदमा प्रवेश गर्ने चाहनामा रहेको छ । उपनिर्वाचनमा तीन ओटै क्षेत्र “क्लिन स्वीप” गर्ने उनीहरुको सार्वजनिक उद्घोष रहँदै आएको छ । तर, उपनिर्वाचन हुने ३ वटै सिटमा जितिन्छ भनेर भित्रिरुपमा ऊ आफैँ आश्वस्त हुन सकी रहेको अबस्थामा छैन ।
“चितवन क्षेत्र नं . २ र तनहुँ क्षेत्र नं. १ चाहिँ हाम्रो जित सुनिश्चित भएको हो रास्वपा केन्द्रीय कमिटीका एक नेताले भनेका छन्, “बारा क्षेत्र नं. २ मा चाहिँ यसै भन्न सकिन्न । त्यहाँ पनि हाम्रो उम्मेदवार बलियो नै हुनुहुन्छ । तर त्यहाँ जातीय, क्षेत्रीय असर पर्ला जस्तो देखिएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टी “रास्वपा”बाट हालको उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ मा पार्टी सभापति रवि लामिछाने तनहुँ क्षेत्र नं. १ मा अर्थविद डा. स्वर्णिम वाग्ले, र बारा क्षेत्र नं. २ मा पुर्ब डिआइजी रमेश खरेल राष्ट्रिय स्वतन्त्र पार्टी ” रास्वपा”बाट चुनावी मैदानमा उत्रेका छन् ।
रमेश खरेलको क्षेत्र बारा क्षेत्र नं. २ मा जनता समाजवादी पार्टी जसपा”का सांसद राम सहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन हुने भएको हो । सो क्षेत्रमा तराई मधेसी समुदायको बाहुल्यता रहेको कारण राष्ट्रिय स्वतन्त्र पार्टी ” रास्वपा”ले आफ्नो उम्मेदवारले नजित्ने हो कि भन्ने आशंका गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी “रास्वपाका अर्का एक केन्द्रीय सदस्यले बताएका छन् । “पूर्व डिआइजी रमेश खरेलप्रति पनि जनता त्यो क्षेत्रमा निकै सकारात्मक त छन्,’ उनले भने, ‘चुनावी राजनीतिमा जातीय मुद्दाले पनि काम गर्ने भएकाले निर्वाचन हो अहिले नै यसै भन्न सकिने अवस्था छैन । तर चितवन क्षेत्र नं. २ र तनहुँ क्षेत्र नं . १ को जस्तो सहज पनि त्यहाँ छैन ।”
को-को छन् तीन निर्वाचन क्षेत्रका उम्मेदवार ?
चितवन क्षेत्र नं. २ मा टेलिभिजन पत्रकारिताबाट राजनीतिमा उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी “रास्वपा सभापति रवि लामिछाने चितवन क्षेत्र नं. २ का उम्मेदवार हुन् । पत्रकारिता गर्दै गर्दा वैदेशिक रोजगारीको शिलशिलामा बिदेशमा गएका नेपालीको पीडा” देशको अनियमितताविरुद्ध आवाज उठाएको र देशको सार्वजनिक र सामाजिक काममा सक्रिय भएको कारण धेरै मतदाताले उनलाई रुचाएको देखिन्छ । समाजको विकृति समस्याहरूको बारेमा खरो उत्रिँदै आएका लामिछानेले मंसिर ४ को निर्वाचनमा ठुला राजनीतिक दलका उम्मेदवारलाई पनि फराकिलो मतान्तरले हराएका थिए । ८३९५६ जनाले मतदान गरेको निर्वाचनमा रबी लामिछानेले ४९२६४ भोट पाएका थिए । देशभरमै सबैभन्दा बढी फराकिलो मतान्तरले रवि लामिछाने विजय भएका थिए ।
यो पटक पनि उनको मत बढ्ने राष्ट्रिय स्वतन्त्र पार्टी “रास्वपा उपसभापति डोलप्रसाद अर्याल बताउँछन् । यो पटक अझ मत बढेर जान्छ । कोण सभामै जनताको उपस्थिति हेर्नु न कति रहर र ऊर्जाले भरिएको छ । हामीलाई जित्न कुनै समस्या छैन । यो पटक रविसँग नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठ र नेकपा एमालेबाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले प्रतिस्पर्धा गर्दैछन् । उनीहरू दुवै चितवन क्षेत्र नं. २ का स्थायी बासिन्दा हुन् ।
तनहुँ क्षेत्र नं. १ : तनहुँ १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी “रास्वपा “ले पूर्व अर्थविद् डा. स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाएको छ । वाग्ले नेपाली राजनीतिमा नयाँ पुस्ता तथा वैदिक र प्रखर रहेको कारणले तनहुँको निर्वाचन आफूले जित्ने राष्ट्रिय स्वतन्त्र पार्टी “रास्वपाको दाबी रहेको छ । गत मंसिरमा भएको चुनावमा जितेका नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति चयन भएकाले यहाँ उपनिर्वाचन हुन लागेको हो । यहाँको उपनिर्वाचनमा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई र नेकपा एमालेबाट सर्वेन्द्र खनालले अर्थविद डा. स्वर्णिम वाग्लेसँग प्रतिस्पर्धा गर्ने भएका छन् । नेविसंघका पूर्व अध्यक्षसमेत रहेका भट्टराई गठबन्धनका साझा उम्मेदवार हुन् ।
पूर्वआईजीपी खनाल र अर्थविद डा. स्वर्णिम वाग्लेको उम्मेदवारी परेकाले तनहुँ १ मा तीव्र प्रतिस्पर्धा हुने आकलन गरिएको छ । तर यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी “रास्वपा आफूले जसरी पनि जित्ने बताइरहेको छ । बारा क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी “रास्वपा”का रमेश खरेलले जनता समाजबादी पार्टी “जसपा”का अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा ,नेकपा एमालेका पुरुषोत्तम पौडेल, आम जनता पार्टीबाट अरुण ज्ञवाली, नागरिक उन्मुक्ति पार्टीबाट डा.कमरुल्लाह अन्सारी उम्मेदवार रहेका छन् ।
गत मंसिर ४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेको कुशवाहा अहिले सिके राउतको पार्टी जनमतमा प्रवेश गरेका छन् । गत निर्वाचनमा जनता समाजबादी पार्टी जसपा”का रामशाहयप्रसाद यादवसँग हारेका उनको यो पटक बारा २ मा राम्रो माहोल बनेको छ । यसले गर्दा गठबन्धनले सहयोग गरेको उम्मेदवार उपेन्द्र यादवलाई पनि धक्का लाग्ने स्थिति देखिन्छ ।
यादवलाई ठुलो दल नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्रको साथ रहे पनि जित्ने सम्भावना ज्यादै नै कम रहेको आङ्कलन गरिएको छ । ४ मंसिरको निर्वाचनमा जसपाका रामसहाय प्रसाद यादवले १३ हजार ८ सय २२ मत पाउँदा नेकपा माओबादी केन्द्रका कुशवाहा १३ हजार ४ सय ६८ मत पाएका थिए । कुशवाहा ३५४ मतान्तरले हारेका थिए । तर कुशवाहा नेकपा माओवादी केन्द्रले उपेन्द्रलाई टिकट दिने भएपछि यही चैत १५ गते जनमतमा प्रवेश गरेका थिए । यही कारण राष्ट्रिय स्वतन्त्र पार्टी “रास्वपाका रमेश खरेललाई मधेसमा क्षेत्रीय राजनीति नबुझेको र त्यहाँका जनताको समस्यामा नरुझेको कारण राष्ट्रिय स्वतन्त्र पार्टी “रास्वपाले यो क्षेत्रमा जितकाे सूनिश्चित गर्न अझै पनि सकेकाे छैन ।