Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पद्वारा आफ्ना पूर्ववकिल विरूद्ध मुद्दा दायर


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र ३० २०७९
  • 1.7K
    SHARES

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पूर्ववकिल विरुद्ध मुद्दा दायर गर्नुभएकाे छ ।

पूर्ववकिल माइकल कोहेनले आफूसँगको सम्झौता उल्लंघन गरेको भन्दै उहाँले ५० करोड डलर क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गर्नुभएकाे हाे । पूर्वराष्ट्रपति ट्रम्पले बुधबार फ्लोरिडाको संघीय अदालतमा दायर गर्नु भएकाे मुद्दामा पूर्ववकिल कोहेनले सार्वजनिक बयान, अन्तर्वार्ता, पुस्तक र संचार माध्यममार्फत आफ्नो बारेमा अफवाह फैलाकएको आरोप लगाउनुभएकाे छ ।

पूर्वराष्ट्रपति ट्रम्पले एक कानून व्यवसायीका रूपमा आफूसँग जोडिन आउने ग्राहकको हितमा काम गर्नुपर्नेमा कोहेनले आफ्नो कर्तव्य उल्लंघन गरी व्यक्तिगत विवरण सार्वजनिक गरेको आरोप लगाउनुभएकाे छ । वकिल कोहेनमार्फत अमेरिकी पोर्नस्टार स्टोर्मी ड्यानियल्सलाई आफ्नो सम्बन्धकाे बारेमा चुप बस्न सन् २०१६ को चुनावअघि १ लाख ३० हजार अमेरिकी डलर दिएकोसहित ३४ वटा मुद्दामा ट्रम्पविरुद्ध मुद्दा अदालतमा विचाराधिन अवस्थामा रहेका छन् ।

मुद्दा परेपछि कोहेनका प्रवक्ता तथा वकिल ल्यानी डेभिसले आफूहरू विचलित नभएको बताएका छन् । कोहेनले दशक भन्दा लामो समय ट्रम्पको कानूनी सल्लाहकार भएर काम गरेका थिए । पूर्ववकिल कोहेन ट्रम्प अर्गनाइजेसनका उपाध्यक्ष पनि थिए भने उनलाई ट्रम्पका सहयोगीका रूपमा पनि चिनिन्थ्यो ।

तर सन् २०१६ को निर्वाचनपछि उनीहरूबीचको सम्बन्धमा दरार आएको थियो । सन् २०१८ मा कोहेनलाई पदको दुरुपयोग गरी व्यक्तिगत विवरण सार्वजनिक गरेको र आर्थिक अपचलन गरेको आरोपमा जरिवानासहित ३ वर्षको जेल सजाय पनि सुनाइएको थियो ।

सन् २०२१ मा जेलबाट छुटेपछि कोहेन ट्रम्पका कट्टर आलोचक समेत बनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४