२.राजनीतिमा रवि : २०७९ असार ७ गते मंगलबार पत्रकारिताबाट राजनीतिमा प्रवेश गर्ने घोषणा गरेका रवि लामिछानेद्वारा ’राष्ट्रिय स्वतन्त्र पार्टी’ नामको नयाँ राजनीतिक दल गठन । योसँगै २०७९ मा रबि विभिन्न कारण चर्चाको पात्र बनिरहे ।

३. आम निर्वाचन गर्ने सरकारको निर्णय : २०७९ साउन १९ गते बसेको मन्त्रिपरिषद् बैठकद्वारा २०७९ मंसिर ४ गते एकै चरणमा संघीय संसद र प्रदेश सभा सदस्यको निर्वाचन गर्ने निर्णय गरियो । सरकारको यो निर्णयसँगै देश चुनावमा होमियो ।
४.आमनिर्वाचन सम्पन्न : २०७९ मंसिर ४ गते संघीय संसद र प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न भयो । यो निर्वाचन २०७२ मा संविधान जारी भएपछिको दोस्रो निर्वाचन थियो । निर्वाचनद्वारा प्रतिनिधि सभामा नेपाली कांग्रेस पहिलो,नेकपा एमाले दोस्रो, नेकपा माओवादी केन्द्र तेस्रो, राष्ट्रिय स्वतन्त्र पार्टी चौथो, राष्ट्रिय प्रजानन्त्र पार्टी पाँचौ दलको रुपमा संसदमा स्थापित भए भने केही नयाँ दलको पनि संसदमा प्रवेश भयो ।

५.राष्ट्रपतिद्वारा सरकार गठनकालागि आब्हान : निर्वाचनको सम्पूर्ण परिणाम आएपछि राष्ट्रपति विद्यादेवी भण्डारीबाट राजनीतिक दलहरुलाई पुस ३ गते आइतबार ७ दिनको समय तोकेर १० गतेभित्र सरकार गठन गर्न आब्हान ।
६. प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति बिद्यादेवी भण्डारीले दिएको समयसीमा भित्रै निर्वाचन अघिको नेपाली कांग्रेस सहितको गठबन्धन तोडेर एमालेसहित बिभिन्न ७ दल र स्वतन्त्र गरी १६९ जना सांसदको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुस १० मा प्रधानमन्त्रीमा नियुक्त ।

७. प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा पद तथा गोपनियताको सपथ र मन्त्रिमण्डल गठन : पुस ११ गते प्रधानमन्त्री दाहालद्वारा राष्ट्रपति बिद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ ग्रहण । प्रधानमन्त्री द्वारा एमाले, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई उपप्रधान एवं गृहमन्त्री बनाउँदै मन्त्रिमण्डल गठन ।

८. प्रधानमन्त्री दाहाललाई विश्वासको मत : प्रधानमन्त्री दाहाललाई पुस २६ गते संसदमा विश्वासको मत प्राप्त । विश्वासको मतका लागि संसदमा भएको मतदानमा २७० सांसद सहभागी भएकामा दाहालको पक्षमा नेपाली कांग्रेस सहित २६८ जना सांसदको मत पर्यो भने विपक्षमा २ मत मात्रै पर्यो ।

९.रवि लामिछानेको सांसद पद खारेज : माघ १३ गते नागरिकता विवादमा सर्वाेच्च अदालतद्वारा चितवन क्षेत्र नम्बर २ का सांसद राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेको सांसद पद खारेज,सांसद पद खारेजसँगै लामिछानेद्वारा उपप्रधान एवं गृहमन्त्री पदबाट राजीनामा । यो पनि वर्ष २०७९ मा निकै चर्चित घटनाका रुपमा रह्यो ।

१०. राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार निर्वाचित : माघ २५ गते लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा नेकपा एमालेका कुमार दसौंदी निर्वाचित ।
११. एमाले र राप्रपाद्वारा प्रधानमन्त्रीलाई लिएको समर्थन फिर्ता : प्रधानमन्त्री दाहालको पार्टी माओवादीले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई सघाउने संकेत गरेपछि फागुन १३ गते राष्ट्रिय प्रजातन्त्र पार्टी र फागुन १५ गते नेकपा एमालेद्वारा प्रधानमन्त्री दाहालाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय ।

११.राष्ट्रपतिमा रामचन्द्र : फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेकपा एमालेका सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित ।

१२.उपराष्ट्रपतिमा रामसहाय : चैत ३ गते भएको उपराष्ट्रपति निर्वाचनमा नेकपा एमालेकी अष्टलक्ष्मी शाक्यलाई हराउँदै जनता समाजवादी पार्टीका रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित ।

१३. स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन : चैत ५ गते त्रिभुवन विश्वबिद्यालय अन्तर्गत रहेका केही बाहेक देशैभरका क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन सम्पन्न भयो ।

१४. प्रधानमन्त्री दाहाललाई प्रतिनिधिसभाबाट दोस्रो पटक विश्वासको मत : चैत ६ गते प्रधानमन्त्री दाहाललाई प्रतिनिधिसभाबाट दोस्रो पटक विश्वासको मत प्राप्त । प्रधानमन्त्री दाहालको पक्षमा १७२ मत र विपक्षमा ८९ सांसदले मत दिए ।
१५. मन्त्रिपरिषद बिस्तार : एमाले र राप्रपा सत्ताबाट बाहिरिएपछि प्रधानमन्त्री दाहालले दोस्रो पटक प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेसँगै चैत १७ गते कांग्रेस, माओवादी,जसपा,नागरिक उन्मुक्ति र नेपाल समाजवादी पार्टीलाई समेटेर मन्त्रिपरिषद् बिस्तार । जनमत पार्टीबाट मन्त्री बनेका अब्दुल खानबाट मन्त्रालयको विषयमा चित्त नबुझेपछि खानेपानी मन्त्रिको पदबाट राजीनामा ।

यसरी बिभिन्न घटनाका स्मरणहरु छोडेर वर्ष २०७९ बिदा हुँदैछ ।
