Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ढाकाकुमारको प्रतिवाद : अडियो सुनेर मलाई कारबाही गर्ने, कोर टिम चैं नखोज्ने ?


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र २९ २०७९
  • 3K
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट निष्काशित ढाकाकुमार श्रेष्ठले पार्टी सभापति रवि लामिछानेको पत्रकार सम्मेलनमा उठेका विषयको प्रतिवाद गरेका छन् ।

उनले आफूमाथि भएको कारबाहीलाई प्रक्रियागत गल्ती समेत दाबी गरेका छन् ।

 श्रेष्ठले भने, ‘तुरुन्तै धेरै प्रतिक्रिया दिने पक्षमा म छैन । तर अडियो सुनेर कारबाही गर्ने साथीहरुले त्यही अडियोमा उठेको कुराको सम्बोधन चाहिँ गर्नु पर्छ कि पर्दैन ? त्यहाँ कोर टिमको कुरा उठेको छ । त्यसको खोजी गर्न सक्छन् उनीहरु ? जे कुराको पनि प्रक्रिया हुन्छ । मलाई निलम्बित गरेको, अनि तुरुन्तै सदस्यता नै नरहने घोषणा गरेको सुनियो ।

अस्ति रवि लामिछाने जीको नागरिकता समेत नरहँदा तत्काल पार्टी सभापति नरहे पनि भोलिपल्टै सभापति बनाएको होइन र ? उहाँले नागरिकता पाए पनि अदालतमा मुद्दा त छँदै थियो । यस्तो बेलामा पनि हामीले उहाँलाई सभापति मानेकै हो । अहिले मसँग अर्कै व्यवहार गरियो । यस्तो नि कहीँ पार्टी हुन्छ ? कुराहरु धेरै छन् । अहिले धेरै नखोलौं । मैले आज ठन्डा दिमागले सोचेर आफ्नो कदम चाल्छु ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४