Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जोशी समूहले भन्यो- कांग्रेससँगको वार्ता समाप्त भयो, योग्य उम्मेदवार खोजेर मतदान गर्नू


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र २९ २०७९
  • 1.4K
    SHARES

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व नेता तथा समानान्तर समूह चलाएका गोविन्दराज जोशीले कांग्रेससँग मिल्ने सम्भावना टरेको बताएका छन् । बुधबार एक विज्ञप्ति निकालेर उनले भने, ‘कांग्रेसका प्रतिनिधिसँग भएको भनिएको हाम्रो वार्ता हामीलाई झुक्क्याउने, स्पष्ट कुरा नगरी अलमल्याउने र आलटाल गर्ने प्रयत्न भएको महसुस हामीले गरेका छौँ । आजदेखि नेपाली कांग्रेससँग हाम्रो यो चरणको वार्ता समाप्त भएको घोषणा गर्दर्छौं ।

कांग्रेसले कारबाही फुकुवा गर्ने बुँदाहरूमा आफ्नो समूहलाई जालझेलपूर्ण व्यवहार गरेको आरोप जोशीको छ । आफूलाई गरिएको कारबाही फुकुवाको निर्णय पनि झुटो भएको उनले बताए । ‘गोविन्द राज जोशी समेतको कारबाही फिर्ता भयो आदी कुरा भनी नेपाली कांग्रेसद्वारा गरिएको प्रचार विल्कुल झुटो हो । उक्त वक्तव्यले नेपाली कांग्रेस तनहुँको समस्या समाधान नगरी अझ झन् बल्झाएको महसुस हामीले गरेका छौँ, उनले भने ।

आगामी निर्वाचनमा भने कसैलाई पनि सहयोग वा असहयोगको निर्णय जोशी समूहले गरेको छैन । ‘यो निर्वाचनमा हामीले आफ्नो उम्मेदवार खडा गरेका छैनौँ । कुनै दल विशेषको सदस्य नभएकोले हामी सबै मतदानका लागि स्वतन्त्र छौँ,’ जोशी भन्छन्, ‘मतदान गर्दा २१ औँ शताब्दीको चुनौतीलाई सामना गर्न सक्ने सक्षम , बौद्धिक र तनहुँको प्रतिष्ठालाई राष्ट्रिय राजनीतिमा कायम राख्न सक्ने योग्य उम्मेदवारको छनोट गरी आफ्नो मताधिकार प्रयोग गर्न सबै तनहुँ क्षेत्र नं १ का मतदाताहरूलाई अनुरोध गर्दछु ।’

उनले कांग्रेससँग अहिले कुनै टिप्पणी नरहेको भन्दै कांग्रेसलाई बलियो बनाउन र अहिलेको चुनौती सामना गर्न सबैको सहयोगको खाँचो रहेको बताएका छन्  । पार्टीबाट अलग्गिएकाहरूलाई समेटेर बलियो पार्टी बनाउन आफूहरू सधैँ खुला रहेको उनको भनाइ छ । जोशी समूहले सभापति शेरबहादुर देउवासँग केही दिनअघि अन्तिम वार्ता गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४