Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युक्रेनमा बसेर विभिन्न देशका सैन्य दस्ताले रूससँग युद्ध गरेकाे खुलासा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र २९ २०७९
  • 1.7K
    SHARES

एजेन्सी । युक्रेनमा बसेर अमेरिका र बेलायत लगायतका विभिन्न पश्चिमा देशका (स्पेशल फोर्स) विशेष सैन्य दस्ताले रुससँग युद्ध लडिरहेको खुलासा भएको छ ।

अमेरिकी रक्षा मन्त्रालयबाट चुहावट भएको आशंका गरिएको गोप्य दस्तावेजका अनुसार युक्रेनभित्र रहेर दर्जनौं देशका स्पेशल फोर्सले रुससँग युद्ध लडिरहेकाे खुलासा भएकाे हाे । युक्रेनमा बेलायत, अमेरिका, फ्रान्स, नेदरल्याण्ड्स र लात्भियाको स्पेशल फोर्स सक्रिय रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमकाे दावी छ।

लिक गरिएका फाइलहरू मध्ये केहीलाई अमेरिकामा अति संवेदनशील मानिने सरकारी वर्गीकरण अर्थात ‘क्लासीफाइड’ भनिएको छ । यि फाइलहरुका अनुसार केही समयभित्र युक्रेनले ‘स्प्रीङ अफेन्सीभ’ भन्दै रुसविरुद्ध विशेष आक्रमणको तयारी गरिरहेको छ । अमेरिकी सरकारले चुहावटको स्रोतको अनुसन्धान गरिरहेको जनाएकाे छ ।

बेलायतले भने स्पेशल फोर्सको परिचलान सम्बन्धमा कुनै प्रतिक्रिया दिएकाे छैन । उसले आफ्नो पुरानै शैलीलाई यस पटक पनि निरन्तरता दिएको छ । स्पेशल फोर्सलाई संसारमा सबै भन्दा घातक र प्रभावकारी सैन्य दस्ता मानिन्छ । रुसले यसकाे बारेमा अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया भने दिएकाे छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४