Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अनुशासन समितिमा ढाकाकुमार श्रेष्ठको बयान : अडियोको आवाज मेरो होइन


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र २८ २०७९
  • 2.1K
    SHARES

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो टेप बाहिरिएको विषयमा सांसद् ढाकाकुमार श्रेष्ठसँग पार्टीको अनुशासन समितिले मंगलबार बयान लिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन समितिले बसुन्धारास्थित पार्टी कार्यालयमा श्रेष्ठलाई बोलाएर एक घण्टा सोधपुछ गरेको हो । समितिका एक जना सदस्यका अनुसार, बयानमा उनले सार्वजनिक अडियोमा भएको आवाज आफ्नो नभएको जिकिर गरेका छन् ।

‘मलाई नियतवश फसाउन खोजिएको हो’,उनको दाबी उदृत गर्दै समिति स्रोतले भन्यो, ‘अडियो पूरै एडिटेड हो ।’ बयानका क्रममा उनले आफू लामो समयदेखि स्वास्थ्य क्षेत्रसँग जोडिएको भन्दै सुधार गर्नुपर्ने विषयहरु थुप्रै भएको बताएका छन् ।

समिति स्रोतका अनुसार सोमबार राति बुझाएको स्पष्टीकरणमा पनि उनले यिनै विषयहरु बुझाएका थिए । अडियो सार्वजनिक भएलगत्तै पार्टीले उनलाई निलम्बन गर्दै २४ घन्टे स्पष्टीकरण सोधेको थियो ।

मंगलबार राति उनले समितिलाई एक पृष्ठको स्पष्टीकरण बुझाएका थिए । त्यसमा स्वास्थ्य क्षेत्रका विसंगतिहरु उल्लेख गर्दै आफूलाई फसाइएको दाबी गरेको रास्वपा स्रोतले जनाएको छ । उनले समितिको निर्णय आफूलाई स्वीकार्य हुने पनि उल्लेख गरेका छन् ।

स्वास्थ्यमन्त्री बन्न पार्टीमा बुझाउनुपर्ने भन्दै उनले झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको थियो । ‘मन्त्री बनेपछि सहयोग गर्ने’ भन्दै रकम मागेको प्रसाईंले दाबी गरेका छन् ।

अडियोमा पार्टी सभापति रवि लामिछानेको ‘कोर टिम’लाई बुझाउनुपर्ने भन्दै रकम मागिएको थियो । ‘तर उहाँले आवाज नै एडिटेड हो भन्नु भएपछि कोर टिम भनेको को हो भन्ने कुरै आएन’, समिति स्रोतले भन्यो, ‘यद्यपि, सम्पूर्ण कुरा प्रतिवेदनमा समेट्छौं ।

मंगलबार दुर्गा प्रसाईंसँग श्रेष्ठले भेट्न खोजेको भन्दै अर्का उनको भाइ बताउने व्यक्तिले गरेको संवादको अडियो पनि बाहिरिएको थियो । त्यस विषयमा चाहिँ सोधपुछ नभएको समिति स्रोतले बताएको छ ।

समितिका संयोजक भरतमणि देवकोटाले सम्भव भएसम्म मंगलबार साँझै छानबिन प्रतिवेदन बुझाउने तयारी गरिएको बताएका छन्  । ‘हामीले सिफारिस गर्ने हो, पार्टीले त्यसमाथि निर्णय गर्छ’, उनले थपे, ‘त्यसैले यस क्रममा के के भएको छ भन्ने विषय पछि मात्र सार्वजनिक हुन्छ ।

सभापति लामिछानेले बाराको गढिमाईमा आयोजित सभालाई सम्बोधन गर्दै दोषी देखिए ७२ घन्टाभित्र श्रेष्ठलाई बर्खास्त गरेर उनको ठाउँमा अर्का सांसद्लाई संसद् प्रवेश गराउने बताएका थिए ।

पोखराका चिकित्सक श्रेष्ठ ७ असार २०७९ मा पार्टी घोषणा भएयता रास्वपामा आबद्ध छन् । गण्डकी प्रदेशका पूर्वसभापति समेत रहेका उनी जनजाति क्लस्टरबाट समानुपातिक सांसद् बनेका थिए ।

३ माघको मन्त्रिपरिषद् विस्तार अघि रास्वपाले स्वास्थ्य मन्त्रालयमा पनि दाबी गरेको थियो । त्यसक्रममा डा. तोसिमा कार्की, डा. चन्दा कार्की र श्रेष्ठले मन्त्री बन्ने दाबेदारी प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४