Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“बेतालीमा भएको हत्याको घट्ना”अनुसन्धान के हुदैछ !- के गर्दै छ प्रहरी प्रशासन ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र २८ २०७९
  • 3.2K
    SHARES

काठमाडौं । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा. न. ४ को बेतालीमा ज्यादै दु:खद घटना भएको करिव दुइ महिना भएको छ, घट्ना हत्या हो या आत्महत्या हो भन्ने कुरा अझै सम्म गुपचुप बनाउने खेल हुदैछ  ।

के हेर्दैछ रामेछापको जिल्ला प्रहरी प्रशासन के गर्दैछन जनप्रतिनिधिहरु कहिले हुन्छ अब अनुसन्धान के प्रहरीले सर्बसाधारण जनतालाई दु:ख मात्रै दिन जानेको छ कि अनुसन्धान पनि गर्दैछ रामेछापको जिल्ला प्रहरी कार्यलय के गर्दै छ बेतालिको प्रहरी चौकी कि तलब भत्ता मात्रै पकाउने काम हुदैछ । हत्या र आत्महत्या के हो हामीले अहिले यसै भन्न सक्दैनौं अनुसन्धान हुदैछ भन्ने बहाना बाजी कहिले सम्म हुने हो ? । अनुसन्धान कहिले सकिन्छ ।

गोकुलगंगा गाउँपालिका वडा न. ४ को बेतालीमा आधा शरिर जलेको अबस्थामा ७१ वर्षिय एक जना बृद्धको लास फेला परेको पनि करिव दुइ महिना हुन् लाग्यो तर अहिले सम्म अनुसन्धान हुन् सकेको छैन । घरमा एक्लै बस्दै आएकी ७१ बर्षिय बृद्ध महिलाको लास आधा शरिर जलेको अवस्थामा फेला परेको थियो ।

घर परिवारका अरु सदस्यहरु विना अर्काको घरमा एक्लै बस्दै आएकी ७१ बर्षिय पद्म कुमारी खड्कालाई साँझको समयमा हत्या गरेर आधा शरीर जलेको  अबस्थामा त्यहाँका स्थानीयले  देखेको बताएका छन् ।  चुलो नजिकै कम्मर भन्दा मुनिको भाग जलेर गुन्द्रिले लास छोपेर राखेको अबस्थामा देखेपछि प्रहरीमा खबर गरेको त्यहाँका स्थानीयले हामीलाई जानकारी दिएका हुन्  ।

 तर अहिले सम्म हत्या हो कि आत्महत्या हो भनेर प्रहरीले भन्न सक्दैनौ अनुसन्धान गर्दैछौ हामी बुझ्दैछौ भन्दा कति सम्म जायज हुन्छ किन अनुसन्धानलाई फितलो बनाउदै छ प्रहरी प्रशासन के यहाँ प्रहरी कसैको दबाबमा परेको त् छैन ?

घटनाको सूचना पाउना साथ रामेछाप जिल्लाका प्रहरी प्रमुखको नेतृत्वमा प्रहरीको टोली बेताली पुगेको थियो । तर उक्त टोलीले स्थानिय बासीहरुसंग सोधपुछ गरि लास प्रकृति मुचुल्का गराई मृतक बृद्धको लासको पोष्टमार्टम गरेको पनि करिव दुइ महिना हुन् लाग्यो तर अझै सम्म अपराधी पत्ता लगाउने काम के  भईरहेको छ ।

घटना घटे संगै घटनाको वास्तविकता बुझ्न आबश्यक अनुसन्धान शुरु गरिएको तर अझै अनुसन्धान सकिएको छैन घटना स्थलमा पुग्नु भएका सूचना अधिकारी प्रहरी निरिक्षक राजु प्रसाद ढकालले जानकारी दिनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४