Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सांसद श्रेष्ठमाथि अख्तियारको अनुसन्धान सुरू


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र २८ २०७९
  • 2.5K
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा”का सांसद डा. ढाकाकुमार श्रेष्ठमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान सुरू गरेको छ ।

सञ्चारमाध्यमबाट सार्वजनिक भएको अडियोको आधारमा अख्तियारले सांसद श्रेष्ठमाथि अनुसन्धान सुरू गरेको हो ।

अख्तियारका प्रवक्ता भोला दाहालले सांसद श्रेष्ठमाथि अनुसन्धान सुरू गरिएको जानकारी दिनु भएको छ  ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका ” सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो विभिन्न सञ्चार माध्यमबाट सार्वजनिक भएको थियो । उक्त अडियोमा श्रेष्ठले स्वास्थ्य मन्त्री आफ्नो पार्टीले पाउन लागेको र आफू मन्त्री बन्न लागेको भन्दै मेडिकल व्यवसायी प्रसाईंसँग २ करोड मागेको सुनिन्छ ।

अख्तियारले सार्वजनिक सञ्चार माध्यमले सार्वजनिक गरेका तथ्यहरुलाई पनि प्रारम्भिक उजुरीको मान्यता दिने गरेको छ । त्यही अनुसार २ करोड रूपैयाँ माग गरेको विषयमा अनुसन्धान सुरू गरेको जानकारी प्रबक्ता दाहालले दिनु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४