Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीलाई गगन थापाको आग्रह : काठमाडौँ महानगरसँग तत्काल वार्ता गर्नुहोस्


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र २७ २०७९
  • 1.1K
    SHARES

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बिलम्ब नगरि काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहसँग संवाद गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद थापाले, ‘प्रधानमन्त्रीलाई आग्रह मेरो आग्रह छ, काठमाडौँ महानगरपालिका प्रमुखसँग तत्काल वार्ता गरियोस्, जायज माग पूरा गरियोस्, यसमा काठमाडौँबाट निर्वाचित जनप्रतिनिधिलाई पनि सहभागी गराइयोस् ।

बाघदरबार र सिंहदरबारबीच टकराब देखिएको भन्दै बिलम्ब संवाद गरेर समाधन खोज्नु पर्ने उनको भनाइ रहेको छ । ‘जुन जुन अहिले सल्टाउनु पर्ने हो । सल्टाइयोस् । जुन विषयमा समझदारी कायम गर्नुपर्ने हो । समझदारी कायम गरियोस् । जायज माग पुरा गरियोस् ।  हामी काठमाडौँका जनप्रतिनिधिलाई पनि यो प्रक्रियामा संलग्न गराइयोस् । सँगै सँगै बनाउनुपर्ने कानुन संसदमा ल्याउन उनले आग्रह गरेका छन । उनले भने, ‘हामी काम गर्न तयार छौं । क्रियाशील बनाउनुपर्ने संयन्त्रलाई क्रियाशील बनाइयोस् । स्थानीय सरकारहरु सिंहदरबार आएर वरिपरि घुम्नुपर्ने अवस्थालाई अन्त्य गरियोस् ।

यस्तै केन्द्र र स्थानीय तहबीच समन्वय नभएको विषय अहिले काठमाडौसँग मात्र सम्बन्धित नरहेको भन्दै कयन गाउँपालिका प्रमुख  सिंहदबार पुगेका बताएका छन्  । अहिले हामी सिंहदरबार गयौं भने त्यहाँ थुप्रै पालिकाका प्रमुखहरु यत्रतत्र हल्लिरहेको देख्छौं । प्रशासकीय प्रमुख माग्न आउनुभएको छ । कोही सरुवा रोक्न आउनुभएको छ, कोही सरुवा गराउन आउनुभएको छ । शिक्षा र स्वास्थ्यको काम ल्याएर सबै काठमाडौँ थुप्रिनु परेको छ ।

सरकारले कतिपय ठाउँमा दुई महिना मात्र बाँकी हुँदा बजेट बनाउने बेलामा कयन प्रशासनिक प्रमुखको सरुवा गरेको महामन्त्री थापाले सुनाएका छन्  । ‘निजामती ऐन, शिक्षा ऐन, स्वास्थ्य ऐन बनेको छैन । हामीले गर्नुपर्ने काम समयमा गरेका छैनौं । यो संविधानले तीन तहको सरकार भन्छ र समन्वयको मान्यताका चल्नुपर्ने भन्छ । तर यो मर्मलाई हामीले आत्मासाथ गरेका छैनौं ।

फोहोर व्यवस्थापनदेखि यातायात पूर्वाधार, शिक्षा स्वास्थ्य लगायतका कयन विषय प्रदेश, संघ र स्थानीय सरकारबीच समन्वय भए मात्र यथोचित परिणाम प्राप्त हुने उनले बताएका छन् । ‘तर यो हुन सकिरहेको छैन । यसमा संघको सरकारले सक्रिय भूमिका खेल्नुपर्ने हो । संविधानले भन्छ अन्तर प्रदेश परिषद, राष्ट्रिय समन्वय परिषद, विषयगत समिति लगायतका यी सबै सक्रिय रहनुपर्छ,’ महामन्त्री थापाले भने ।

उनका अनुसार प्रधानमन्त्री अध्यक्ष रहेको अन्तर प्रदेश परिषदको बैठक २०७६ सालदेखि बस्न सकेको छैन । उनले भने, ‘राष्ट्रिय समन्वय परिषदले त अहिलेसम्म पूर्णता पनि पाएको छैन । मन्त्रीहरुले नेतृत्व गर्नुपर्ने कतिपय संयन्त्रहरुको बैठक नै बसेको छैन ।’ जसकारण काठमाडौँको महानगर प्रमुखले उठाएको विषय मन्त्रीसँगको भेटघाटमा सीमित भएको महामन्त्री थापाको भनाइ छ । ‘त्यहाँ सक्रिय हुनुपर्ने संयन्त्र सक्रिय भएको छैन । समस्या स्थानीय सरकारमा पनि छ । स्थानीय पालिकाले गर्नुपर्ने कतिपय कामहरु गरेका छैनन्, उनले भने ।

तर संघको सरकारले गर्नुपर्ने  कामहरु नगर्दा स्थानीय सरकारमाथि प्रश्न उठाउने नैतिक प्रश्न नरहेको थापाले बताएका छन् । ‘बनाउनुपर्ने कानुन बनाइदियो, दिनुपर्ने स्रोतहरु दियो, गर्नुपर्ने निर्णयहरु सही समयमा गर्यो भने त्यो बेला स्थानीय र प्रदेश सरकारलाई तिमीले आफूले प्राप्त गरेको अधिकार अनुसार सही समयमा सही काम गरेउ कि गरेनौं,’ उनले भने, ‘तिम्रो नियत ठीक छ कि छैन भनेर प्रश्न गर्न पाइन्थ्यो । तर जससम्म संघको  सरकारले यो काम गर्दैन, त्यो बेलामा स्थानीय सरकारलाई प्रश्न गर्ने नैतिक अधिकार हामीसँग रहँदैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४