काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा”का सांसद डा. ढाका कुमार श्रेष्ठको सचिवालयले योजनाबद्ध रूपमा सांसद श्रेष्ठविरुद्ध षड्यन्त्र गरिएको बताएको छ । आइतबार राति विज्ञप्ति जारी गर्दै सांसद श्रेष्ठको सचिवालयले आवाज सम्पादन गरेर नियोजित रूपमा श्रेष्ठविरुद्ध षड्यन्त्र गरिएको दाबी गरेको हो ।

रास्वपाका समानुपातिक सांसद डा. श्रेष्ठले मन्त्री बन्नका लागि मेडिकल व्यवसायी प्रसाईँसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको थियो ।