Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रवीले भने : ७२ घण्टाभित्र कारबाही गर्न सकिनछु भने सजाय दिनुहोला


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र २६ २०७९
  • 2.8K
    SHARES

काठमाडौँ  । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाका प्रसाद श्रेष्ठले गरेको भ्रष्टाचारको अडियो बाहिरिएपछि “राष्ट्रिय स्वतन्त्र पार्टीका रास्वपा” सभापति रवी लामिछानेले ७२ घण्टाभित्र कारबाही गर्ने बताएका छन् ।

सार्वजनिक हुने वित्तिकै मैले पार्टी पंक्तिलाई निर्देशन दिएको छु, कि ७२ घण्टाभित्र छानविन गरेर कारबाही अगाडि बढाउनु भनेर अल्टिमेटम दिएको छु,उनले भनेका छन् , ‘यो देशका भ्रष्टाचारका काण्डहरु ७२ वर्षदेखि अल्झिएका होलान् मलाई मतलव छैन । तर हाम्रो पार्टीभित्र प्रश्न उठेपछि प्रश्नको निराकरण हुन्छ ।

रबि लामिछानेले ७२ घण्टा भित्र छानविन नहुँदासम्म सांसदको रुपमा वा साधारण सदस्यका रुपमा पनि ढाका प्रसाद श्रेष्ठलाई कुनै कार्यक्रममा सहभागी हुन नदिने उनको प्रष्टीकरण रहेको छ ।

पार्टीको अनुशासन समितिले २४ घण्टे प्रष्टीकरण सोधेको पनि प्रेस बिज्ञप्ति मार्फत जानकारी दिएको छ ।

“सत्यतथ्य छानविन गरेर कारबाही गर्न सकिन भने मलाई यही गढीमाईमा सजाय दिनुहोला, चुनावी प्रचारको क्रममा उनले भने, “अडियोमा मेरा वरपरका मान्छेले मागेका भनेका छन् । ती वरपरका माग्ने मेरा मान्छे को रहेछन्, तीनलाई तपाईंको आँगनमा सडकमा घिसारेर ल्याउन सकिनछु भने फेरि गढीमाईमा सजाय दिनुहोला ।”

रबि लामिछानेले कारबाहीको काउण्टडाउन सुरु भएको र घडी हेरेर बस्न पनि सबैलाई भनेका छन् ।

‘घडी हेर्दै गर्नुहोला, काउण्टडाउन गर्नुहोला । हामी यसको छिनोफानो गर्नेछौँ, कसैले पनि सहुलियत पाउने छैन । हामीले पार्टीभित्रै अनुशासन समितिलाई निर्देशन दिइसकेका छौँ, अघि भने, ‘२४ घण्टे स्पष्टीकरण सोधेका छौँ । हाम्रा परिवार र वरिपरिका साथीहरुलाई पनि छुट हुने छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४