Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आफैँ किताब बेच्ने र पोसाक किन्न बाध्य पार्ने निजी विद्यालयलाई बालेनको चेतावनी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र २६ २०७९
  • 2.6K
    SHARES

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले नियमविपरीत पाठ्यपुस्तक र पोसाक किन्न बाध्य पार्दै निजी विद्यालयलाई चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका पालना गर्न स्मरण गराएका हुन् ।

निजी विद्यालयहरूले नियमविपरीत विद्यालयमै अभिभावकहरूलाई पाठ्यपुस्तक र पोसाक किन्न बाध्य पारेको गुनासो छ । ‘विद्यालय आफैँले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटक पटक आइरहेकाले विद्यालयको सो कार्य संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार दण्डनीय भएको स्मरण गराइन्छ उनले भनेका छन् ।

“सम्पूर्ण विद्यालयहरूलाई संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार कार्य गर्न गराउन हुन अनुरोध छ ।”

महानगर गुनासो आएपछि नियमविपरीत खरिद गर्न नलगाउन सबै निजी विद्यालयलाई चैत १७ परिपत्र जारी गरी निर्देशन दिएको थियो । संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ (संशोधन सहित)मा विद्यालयहरू आफैँले पाठ्यपुस्तक तथा स्टेशनरी बिक्री गर्न नपाइने व्यवस्था छ ।

त्यस्तै, विद्यालयबाट निर्धारित ड्रेस कोडको नमुना विद्यार्थीलाई उपलब्ध गराउनुपर्ने र विद्यालयले तोकेको पोसाक खरिद गर्न विद्यार्थीलाई बाध्य नगराउने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४