काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका सचिव लेखराज भट्टलाई भेटेका छन् ।
कञ्चनपुरको एक कार्यक्रममा सहभागी हुन जाने क्रममा धनगढी विमानस्थलमा ओर्लिएका प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भट्ट निवास पुगेका हुन् ।
प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विमानस्थलबाट सीधै कैलालीको गोदाबरी नगरपालिका-१ अत्तरियास्थित भट्टको निवासमा पुगेका हुन् । उनीहरुबीच भेटवार्ता जारी छ ।
पूर्व नेकपा माओवादी नेता भट्ट नेकपा भंग भएपछि नेकपा एमालेतिर लागेका थिए । उनीहरुबीच भेटवार्ता जारी छ तर भेटमा के विषयमा कुरा भइरहेको छ भन्नेबारे खुल्न सकेको छैन ।
प्रचण्ड लेखराजको निवासमा खाना खाएर केहीबेरमा महेन्द्रनगर प्रस्थान गर्ने बताइएको छ । प्रधानमन्त्री प्रचण्ड र नेता भट्टबीचको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।